• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी, गाउँको पर्यटन प्रवद्र्धन हुने विश्वास

  •    शुभेच्छा न्यूज  /२१ पुष २०७६, सोमबार २०:३४ ,  प्रकाशीत
  • पोखरा महानगर वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ ।

    विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे सिद्धबराह युवा क्बलका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए ।

    विक्रम संवत २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको माघे सँक्रान्ति मेलामा यसपटक भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, छेलो, रसी तान्ने लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । पोखरामा सोमबार पत्रकार सम्मेलन गरी गाउँमा पर्यटन प्रवद्र्धन गर्नका लागि मेलालाई भब्य रुपमा मनाउने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

    अहिले रञ्जित गाउँमा ७ घर मात्र छन् । मेला हेर्नका लागि बसाई गएका गाउँले मात्र नभई विभिन्न स्थानबाट मानिस आउने उनले बताए । गाउँलेले छाडेका घरहरुलाई उपयोगमा ल्याएर अहिले होमस्टे संचालनको तयारी गरिएको छ । अहिले नै ५० जना सम्म पर्यटक राख्न सकिने र गाउँमा पिकनिक खानका लागि आवश्यक पुर्वाधार रहेको उनको भनाई छ ।

    गाउँलेहरु मिलेर अहिले सामुहिक अर्गानिक तरकारी खेति समेत गर्दै आएका छन् । गाउँमै रोजगारीको सिर्जना गर्न र गाउँ छाडेर जानेहरुलाई रोक्नका लागि तरकारी खेति र पर्यटन प्रवद्र्धन गर्न लागेको गुरुङले बताए ।

    पोखराबाट आधा घण्टाको बाटोमै पुगिने रञ्जित गाउँको पूर्व उत्तरको कुनामा नौवटा धारा सहित सिद्ध बराह मन्दिर अवस्थित छ । मन्दिरमा पहराको बिचबाट पानी झर्छ । उक्त पानी झर्ने गरी नौवटा धारा बनाइएका छन् ।

    नौवटा धारामा नुहाएर मन्दिरमा पुजा गरेपश्चात तरुल र मासको टिका लगाउने प्रचलन छ । यसो गरेमा मनोकाँक्षा पुरा हुने स्थानीयबासीको विश्वास रहेको गुरुङले बताए ।

    गाउँबाट माथी रहेको डाँडाबाट उत्तरतर्फ माछापुच्छ अन्नपूर्ण लगायतका हिमश्रृङ्खला देख्न सकिने र दक्षिणतर्फ पोखरा शहरको सुन्दर दृश्य देख्न सकिने उनले बताए ।

    रोजगारीको खोजीमा विदेश जाने युवालाई रोक्न गाउँमै तरकारी खेति र पर्यटन प्रवद्र्धन अभियान चलाएको गुरुङले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.