• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँको मानहुँकोटमा पर्यटन प्रवर्धन गर्न नेपाल कै ठूलो राष्ट्रिय झण्डा राखिने

"पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय झण्डा राखिने "
  •    शुभेच्छा न्यूज  /२२ पुष २०७६, मंगलवार ०७:३४ ,  प्रकाशीत
  • तनहुँ । तनहुँको व्यास ५ स्थित मानहुँकोटमा नेपालको हालसम्म कै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । व्यासनगर युवा क्लव संञ्जाल तनहुँको सक्रियतामा पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय झण्डा राख्न लागिएको हो ।

    पर्यटकीय स्थलको रुपमा अहिले मानहुँकोट विकास भइरहेको छ । यहाँ दैनिक सयौं आन्तरिक पर्यटक जाने गरेका छ्न ।महाभारत र अठार पुराणका रचयिता वेदव्यासले तपस्या गरेको व्यासभूमिको शिरमा रहेको मानहुँकोटमा नेपालकै ठूलो कृतिमानी राष्ट्रिय झण्डा आउदो नयाँ वर्ष २०७७ वैशाख १ गते राखिने भएको हो ।

    नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई भव्यताका साथ मनाउने नीति अनुरुप राष्ट्रिय झण्डाको माध्यमबाट पर्यटन प्रवर्धन गर्न र मानहुँकोटलाई राष्ट्रिय रुपमा चिनाउनको लागि यस अभियानको माध्यमबाट प्रचारप्रसार गर्न उक्त कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष गौरव पन्तले बताए।

    हालसम्म नेपालकै ठूलो राष्ट्रिय झण्डा भनि काठमाडौंको माइतिघर मण्डलामा रहेको झण्डालाई मानिदै आएको छ । जसको लम्बाई १० मिटर र चौडाई ७ मिटर रहेको छ । तर अब भने मानहुँकोटमा देशकै ठूलो राष्ट्रिय झण्डा राखेर पर्यटक प्रवद्र्धन मार्फत व्यास नगरपालिकालाई स्वदेश तथा विदेशमा समेत परिचित बनाउन लागिएको अध्यक्ष पन्तले बताए।

    मानहुँकोटमा निर्मार्ण गरिने झण्डाको लम्बाई ४५ फिट र त्यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुने अध्यक्ष पन्तले जानकारी दिए।

    पुर्वाधार निर्माणमा १६ लाख ५२ हजार एक सय ७०, दाता सम्मान एक लाख, झण्डा निर्माणको लागि ५० हजार, छलफल गोष्ठीका लागि ५० हजार, प्रचार प्रसारका लागि ३० हजार र उद्घाटनको लागि ३० हजार गरी कुल १९ लाख १२ हजार एक सय ७० रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    मानुङकोटबाट तनहुँको सदरमुकाम दमौली, व्यास गुफा, सेतीमादी नदी, पराशर क्षेत्र, साँगे फाँटलगायत गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट देख्न सकिन्छ । झण्डा राखिएको वरपर बस्नका लागि फलामे कुर्सीहरु र बगैँचा निर्माण गरिने भएको छ ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त अभियानमा व्यास नगरपालिकाभित्र पर्यटनको आर्कषण बढ्दो रहने बताउनुभयो । उहाँले मानहुँकोटको पर्यटन प्रर्वद्धन गर्न प्रत्येक वर्ष व्यासनगर अल्ट्रा म्याराथनसमेत हुदैं आएको बताउनुभयो । करिब पाँच हजार बढीको जनसहभागितामा आवश्यक रकम संकलन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष पन्थले बताए।

    त्यस्तै व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले उक्त स्थानमा भ्यू पोईन्ट बनाउनका लागि टेण्डर प्रक्रिया भईरहेको जानकारी दिए ।
    दमौलीबाट मानहुँकोट जाने बाकीं कच्ची मार्ग यसै आर्थिक वर्षमा कालोपत्रे हुने व्यास–५ का वडाअध्यक्ष श्रेष्ठले बताए। कृषि, पर्यटन र शिक्षा लाई व्यास नगरपालिकाले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

    ‘सूर्योदय हेर्न मानहुँकोट जाऔ’
    तनहुँको दमौली आएपछि जानै पर्ने ठाउँ हो, मानहुँकोट । व्यास नगरपालिका–५ मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेष गरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ ।

    वडाध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार बिहान सूर्योदएको दृश्य र कुहिरोले ढाकिएको गाउँ र पहाडको मनोरम वातावरणले पर्यटकको मन खिच्ने गरेको छ ।

    साथै सहरी कोलाहलबाट दिक्क भएका यहाँ आएर रमाउने गरेका छन् । बसाइँसराइले पातलिँदै गएको मानहुँकोटको बस्ती पर्यटकका कारण फेरी बाक्लिन थालेको छ । दैनिक पर्यटकको चहलपहल हुन थालेपछि स्थानीय पनि उत्साहित भएको स्थानीय गोपीबहादुर थापाले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.