• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहाको नरहा गाउँपालिकाको आयव्यय सार्वजनिक

  •    शुभेच्छा न्यूज  /२२ पुष २०७६, मंगलवार २०:०१ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको नरहा गाउँपालिकाले दुई आर्थिक वर्षको आय व्यय सार्वजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को आयव्यय सार्वजनिक गरेको हो ।

    गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी सहित विपक्षी नेपाली काँग्रेस लगायतले आर्थिक पारदर्षिताको माग गर्दै आन्दोलन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रामशरण यादवले दुई आर्थिक वर्षको आयव्यय सार्वजनिक गरिएको र कुनै प्रकारको अनियमितता नगरेको दाबी गरेको छ ।

    अध्यक्ष यादवले भने,‘कुनै प्रकारको अनियमितता भएको छैन् । खर्चको विवरण सार्वजनिक गरेको छु । तर विपक्षीहरु बैंक स्टेटमेण्ट लगायतका अनावश्यक बहानामा आन्दोलन गरिरहेको छ ।’

    ‘विपक्षीहरुले पारदर्षिताको माग गर्दै आएको छ । हामीले आज पत्रकार सम्मेलन गरी हरहिसाब सार्वजनिक गरेका छौं,’ गाउँपालिका अध्यक्ष यादवले भने ।

    आर्थिक वर्ष २०७४/०७५ मा २१ करोड ९६ लाख १ हजार ८४३ मध्ये १७ करोड ३६ लाख ३१ हजार ९७८ रुपैयाँ खर्च भएको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १९ करोड ६४ लाख ९९ हजार ३८४ मध्ये १५ करोड ७० लाख ७८ हजार ६ सय खर्च भएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामाले बताईन् ।

    चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिना वित्न लाग्दा पनि नरहा गाउँपालिकाको सभा हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड ३ लाख ८९ हजार ९२ रुपैयाँ विनियोजन भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.