• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गन्तव्य धम्पुस लालीगुराँस महोत्सव हुने

  •      /८ चैत्र २०७४, बिहीबार ०५:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसमा “गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५” हुने भएको छ । महोत्सवले धम्पुसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परीचित गराउनुका साथै आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनमा आयाम थप्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सफल हुने विश्वास लिईएको छ ।
    पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यसवर्ष महोत्सव “धम्पुस लालीगुँरास महोत्सव हाम्रो पहिचान, आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने नाराका साथ संचालन गरिने छ । श्री लालीगुराँस युवा क्लवको आयोजनामा महोत्सव आगामी वैशाख ४ गतेदेखी ८ गते सम्म धम्पुसको पृथ्वीनारायण माविको प्रांगणमा हुनेछ । महोत्सव संचालन गर्न रु.२५ लाख रुपैयाँ खर्च र करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।
    क्लवका अध्यक्ष आसिम गुरुङ्का अनुसार पर्यटन उद्योगको विकास गरि धम्पुस आसपासमा युवाहरुलाई रोजगारी प्रदान गर्ने, खेलकुद प्रतियोगीता मार्फत पर्यटन आवागमनको दर बढाउने, खेलकुदको संरक्षण तथा विकास गर्ने, लोक संस्कृतिको जगेर्ना, संरक्षण एंव संम्वद्र्धन गर्ने, शैक्षिक जागरणमा टेवा पुर्याउने लक्ष्य महोत्सवले लिएको छ ।
    यस्तै सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषी कार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरि बजारको विस्तार गर्ने, कला तथा हस्तकलाको विकास तथा बजारीकरण र साँस्कृतिक कार्यक्रमहरुको पहुँच अभिवृद्धि गर्ने लगायतका लक्ष्य तथा उद्देश्यहरु राखिएका अध्यक्ष गुरुङ्ले बताए ।
    महोत्सवको मुख्य आकर्षणमा पुरुष तथा महिला भलिवल प्रतियोगीता, खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, माछापुच्छ्रे गाँउपालिका अन्तर वडा झाँकी प्रतियोगीता, कृषी तथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगीता, रस्साकस्सी प्रतियोगीता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र लाईभ कन्सर्ट लगायत रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.