• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालको एक इन्च जमिन पनि छाड्दैनौंः रक्षामन्त्री पोखरेल

"समस्या समाधान गर्न भारतलाई औपचारिक पत्र "
  •    शुभेच्छा न्यूज  /२४ पुष २०७६, बिहीबार २१:२२ ,  प्रकाशीत
  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सीमा विवाद सुल्झाउन सरकारले कूटनीतिक पहल थालिसकेको बताएका छन् । प्रेस संगठन कास्कीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सीमा विवादबारे समस्या समाधान गर्न भारतलाई औपचारिक पत्र दिइसकिएको र सरकार वार्ताको तयारीमा रहेको बताए ।

    उनले भारतले वार्ताका लागि मिति नतोकेका कारण सरकार उसको जवाफको पर्खाइमा रहेको बताए ।‘हामीलाई कसैको एक इन्च जमिन पनि चाहिँदैन र हाम्रो पनि एक इन्च जमिन कसैलाई छोड्दैनौं,’ उनले भने, ‘युद्धबाट नभई कूटनीतिक तवरले सीमा समस्या समाधान गर्न सरकार कटिबद्ध छ ।’

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत पोखरेलले सीमालगायत राष्ट्रियतासँग जोडिएका सबै विषयमा देखिएका समस्या समाधान गर्न नेपाल र भारतबीच औपचारिक प्रक्रिया अगाडि बढेको बताए । उनले दुई देशबीचको सहमतिबाट मात्रै सीमा विवाद समाधान हुने दाबी पनि गरे ।

    यस्तै, मन्त्री पोखरेलले सुगौली सन्धिलाई आधार मानेर तथ्य र प्रमाणका आधारमा सरकारले सीमा विवादलाई सल्टाउने पनि प्रतिबद्धता जनाए । उनले नेपाललाई नोक्सानी हुने गरी एमसीसी सम्झौता नगर्ने पनि प्रतिबद्धता जनाए । बाहिर होहल्ला भएजस्तो अन्तर्राष्ट्रिय सैन्य गठबन्धन स्वीकार्य नभएको उनको भनाइ थियो ।

    ‘इन्टरनेसनल मिलिटरी एलायन्समा सहभागी हुने भनेर जसरी बाहिर आएको छ, पहिले त्यसको वास्तविकता के हो प्रष्ट बुझौं,’ उनले भने, ‘एलायन्समा हामी सहभागी हुँदैनौं, हाम्रो स्ट्यान्ड पोइन्ट त्यही नै हो । यो सरकारले गरेको निर्णय र संसदमा पनि पहिल्यै छलफल भएको विषय हो ।’

    उनले एमसीसी पहिलेकै सरकारले माग गरेबमोजिम आएको भन्दै नेपालको अनुकूलताअनुसार निर्णय हुने बताए । नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका पोखरेलले ट्रस्टको नीति नियमअनुसार सम्पत्तिको उपयोग गरिने जानकारी दिए ।

    पोखराका रत्नमन्दिर, हिमागृहलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उच्चतम हित हुने गरी उपयोग गर्ने पनि उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.