• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दीलिपको फलामले घोचेर घाइते पारी टिपरले किचेर हत्या

"हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक "
  •    शुभेच्छा न्यूज  /२७ पुष २०७६, आईतवार ०९:३८ ,  प्रकाशीत
  • हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

    प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको लिभरले कोंखामा घोचेर घाईते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ ।

    धनुषाको मिथिला नगरपालिका–५ का राम जीवन महतोका २४ वर्षीय छोरा दिलीप खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खबर पाएलगत्तै रोक्न गएका थिए ।

    उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा त्यही खोलामा संचालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालक २७ वर्षीय विपिन कुमार महतो, ट्रिपर चालक महोत्तरी बर्दिवास नगरपालिका–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका–२ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको पत्रकार सम्मेलनमा धनुषाकाप्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिएका छन् ।

    दिलिपको शुक्रबार बिहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलीप १६ पुसमा घरविदामा आएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.