• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेलमिलाप गराउदाँ आग्रह पूर्वाग्रह राख्न हुदैन् ; उपप्रमुख गुरुङ

"वडा नम्वर १६ मा मेलमिलाप केन्द्र स्थापना  "
  •    शुभेच्छा न्यूज  /२८ पुष २०७६, सोमबार १४:२६ ,  प्रकाशीत
  • पोखरा महागनरपालिका वडा नम्वर १६ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।

    केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले अदालती प्रक्रिया लामो र झन्झटिलो हुने बताइन् ।

    उनले मेलमिलाप मार्फत विवाद समाधान गर्दा सहज र सरल रुपमा वडा तहबाटै समाधान हुने बताइन । उनले मेलमिलपाकर्ता पक्ष विपक्षको कुरा सुन्ने र दुवै जनाले जितको महसुस गर्ने गरि विवादको समाधान खोज्र्नुपर्नेमा जोड दिइन् ।

    मेलमिलापकर्ताले आग्रह पूर्वाग्रह नराखी मेलमिलाप गराउर्नुपर्नेमा जोड दिइन् । मेलमिलापकर्ताले विवाद समाधाको जड पत्ता लगाउने र त्यसको समाधान खोज्ने हो उनले भनिन, ‘आर्थिक प्रभावमा पार्न खोज्ने, मिल्न दावब दिने लगायतका काम गर्न हुदैन ।’ मेलमिलापले पक्षविपक्ष दुवैलाई आत्मसम्मान हुने गरी जितजित बनाउने भएकाले मेलमिलापक केन्द्र मार्फत विवादको समाधान खोज्दा राम्रो हुने बताइन ।

    उपप्रमुख गुरुङले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराइन् । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराइन्

    ।न्यायिक समिति सदस्य पार्वती कार्कीले न्याय सम्पादन सहज बनाउने उद्देश्यले स्थानीय तहमा न्यायिक समिति र वडा तहमा मेलमिलाप केन्द्रको परिकल्पना गरिएको बताइन् । पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले मेलमिलापक केन्द्र स्थापनाले विवाद समाधानमा सहज हुने बताउदै निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न मेलमिलापकर्तालाई आग्रह गरे ।

    कार्यक्रममा नेकपा पोखरा १६ का सचिव निर्मल आचार्य, नेपाली काँग्रेस १६ का सभापति होमबहादुर बानियाँ, मेलमिलापकर्ता शोभा आचार्य लगायतले न्याय सर्वसाधारणका लागि महङगो बन्दै गएको बताउदै मेलमिलापक केन्द्र स्थापनासंगै वडातमै नागरिकले न्याय पाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

    पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगर कानुन महाशाखाका कानून अधिकृत राममणी अधिकारीले गरेका थिए ।

    न्यायिक समितिले महागनरका ३३ मध्य १५ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । केन्द्र स्थापना अन्र्तगत मंगलबार पोखरा ५ र ६ मा केन्द्र स्थापना गरिने न्यायिक समिति सदस्य किशोर बरालले बताए ।

    न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.