• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महोत्सवको टिकटबाट पोखरा मिट मार्टमा मासु किन्दा ३० रुपैया छुट

" आकाशमा उड्दै महोत्सवको प्रचार प्रसार  "
  •    शुभेच्छा न्यूज  /२८ पुष २०७६, सोमबार २०:५३ ,  प्रकाशीत
  • दशौ संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ ।यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रा. लि. संगको सहकार्यमा गर्ने भएको हो ।

    पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालन भइ हाल पोखराको अमरसिंह चोकमा सञ्चालित पोखरा मिट मार्ट प्रालिको शाखाबाट महोत्सवमा आउने दर्शकले मिट मार्टमा आफुले काटेको टिकटको अर्धकट्टी लैजानुपर्ने दशौ पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।

    युनाईटेड क्लवको आयोजनामा पुसको २९ गते मंगलवार देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेको खण्डमा पोखराको अमरसिंह चोक र लेकसाइडमा रहेको मिट मार्टमा उपलब्ध विभिन्न प्रकारको मासुको खरिदमा एउटा टिकटबाट एक केजी मासु किन्दा ३० रुपैया छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिन बहादुर गुरुङले वताए ।

    युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा चिडियाखाना निर्माणमा समेत योगदान दिएकाले आफ्नो ब्यवशायबाट समेत केही सामाजिक काममा सहभागीता जनाउनका लागी आफुले महोत्सव अवधिभर छुटको योजना ल्याएको गुरुङको भनाइ रहेको थियो ।

    गुरुङका अनुसार उक्त स्किम पोखरा महोत्सव अवधि पुष २९ देखी माघ १२ गते सम्म लागु हुनेछ । पोखरा मिट मार्ट पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालनमा आएको र अमरसिंह चोकमा विगत १ महिनादेखी सञ्चालनमा आएको हो ।

    पोखरा मिट मार्टमा खसी, कुखुरा, बंगुर, भैसीका मासु सहित माछा र मासुजन्य वस्तुहरु उपलब्ध रहेको छ ।

    आकाशमा उड्दै महोत्सवको प्रचार प्रसार
    पर्यटकीय शहर पोखरा शाहसिक पर्यटकको मुख्य गन्तब्य हो । यहा आउने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरु पोखराको सराङकोट बाट सञ्चालन हुने प्याराग्लाइडिङ गर्न रुचाउछन ।

    त्यही प्याराग्लाइडिङ गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिनका लागी महोत्सव आयोजकले प्याराग्लाइडिङमा आफ्नो महोत्सवको ब्यानर सहित प्याराग्लाडिङ मार्फत पोखरा महोत्सवको जानकारी दिएको छ ।

    पोखराको लेकसाईडमा रहेको न्यु प्यारा वल्र्ड प्रा.लि.को सहयोगमा दुईवटा प्याराग्लाइडिङको सहयोगमा पोखरा महोत्सवको ब्यानर सहित पोखराको सराङकोट बाट लेकसाइडको फेवाताल किनार खपौदीमा पुगी प्रचार प्रसार र महोत्सवमा आउन पर्यटकहरुलाई निम्तो दिइएको महोत्सव आयोजक युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

    सो अवसरमा प्याराग्लाईडिङ उडान भर्न सराङकोट आएका करिव सय जना पाइलट र पर्यटकहरुलाई पोखरा महोत्सवको बारेमा जानकारी दिइ पुस २९ देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवमा आउन निम्तो दिइएको थियो ।

    प्यराग्लाइडिङको सहयोगबाट पोखरा महोत्सवको बारेमा प्रचार प्रसार गरि भ्रमण वर्ष संगै पोखरा महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी दिन पाउदा आफु निकै खुसी भएको न्यु प्यारा वल्र्ड प्रालिका प्रवन्ध निर्देशक सुमन थापाले वताए ।

    युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढेको र महोत्सव आयोजक युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै निर्देशक थापाले महोत्सव अवधिभर महोत्सवको लोगो अंकित झण्डा राखी आफ्नो कम्पनीको दुईवटा फ्लाईटबाट प्रचार प्रसार गरिदिने समेत वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.