गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।
दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
गजल गायकीका कारण चर्चित बनेका गायक भट्टराईले स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका निशान भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

Related