जगन्नाथ सिग्देल स्मृति पुरस्कार युवा पत्रकारद्वय रञ्जन र रुद्रलाई
/८ चैत्र २०७४, बिहीबार १३:३८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।पोखराका युवा पत्रकारद्वय रुद्र श्रीस र रञ्जन अधिकारी पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७३ र २०७४ बाट उनीहरु पुरस्कृत हुन लागेका हुन् ।
महासंघको बिहीबार बसेको बैठकले श्रीस र अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । चैत १६ गते शनिबार एक कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत गरिनेछ । प्रतिभा छनोट समितिले उनीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । सिग्देलको स्मृतिमा परिवारजनले पुरस्कार स्थापना गरेका हुन् ।
पत्रकार श्रीस कास्की आवाज राष्ट्रिय दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । उनी बिगत ११ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । अधिकारी आदर्श समाज राष्ट्रिय दैनिक, बिग एफएम र गण्डकन्युज अनलाइनमा कार्यरत छन् । बिगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

Related