• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गिनिज बुकमा नाम लेखाएका विश्वकै सबैभन्दा होचा खगेन्द्र थापामगरको निधन

"वर्ल्ड रेकर्ड टोलीले परीक्षणपश्चात् विश्वकै होचो व्यक्तिको उपाधि  "
  •    शुभेच्छा न्यूज  /३ माघ २०७६, शुक्रबार २०:०५ ,  प्रकाशीत
  • विश्वका सबैभन्दा होचा व्यक्तिको विश्वकीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । विश्व कीर्तिमानी खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    उनको स्वास्थ्यमा अकस्मात् समस्या आएपछि बिहीबार मणिपाल शिक्षण अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । थापामगरलाई शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको ‘खगेन्द्र थापा मगर प्रतिष्ठान’ का अध्यक्ष मीनबहादुर रानामगरले जानकारी दिए ।

    थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् । बाग्लुङ धुल्लुवासकोट–६ का थापामगरले २८ असोज, २०६७ मा विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।

    ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च अग्ला थापामगरलाई वर्ल्ड रेकर्ड टोलीले परीक्षणपश्चात् विश्वकै होचो व्यक्तिको उपाधि दिएको थियो ।

    धुल्लुवासकोट स्थायी घर भएका थापामगर पोखराको सृजनाचोकमा बस्दै आएका थिए । बाबु रूपबहादुर थापामगर र आमा धनमाया थापामगरका सन्ताका रूपमा १८ असोज २०४९ मा उनको जन्म भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.