• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्व कीर्तिमानी खगेन्द्रको पोखरामा अन्त्येष्टि

  •    सुभेक्षा न्युज  /४ माघ २०७६, शनिबार २१:०२ ,  प्रकाशीत
  • विश्वकै होचाे व्यक्तिको रुपमा कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको अन्त्येष्टि गरिएको छ । उनको शनिबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको शुक्रबार दिउँसो निमोनियाका कारण २७ वर्षको उमेरमा निधन भएको थियो। उनको मगर संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।

    २०४९ असोज १८ गते बाग्लुङ धुल्लुवासकोट-६ मा जन्मिएका उनी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । खगेन्द्रको उचाइ २ फिट २ इन्च थियो । उनले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।

    पछि २०६८ जेठ १२ मा फिलिपिन्सका जुनरी बालाविङले उनको रेकर्ड तोडेका थिए । खगेन्द्र आफ्ना गाउँलेहरू माझ ‘सानो बुद्ध’ भनेर परिचित थिए। जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामका थिए ।

    मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलनद्वारा होस्ट गरिएको डकुमेन्ट्री ‘द वर्ल्डस स्मलेस्ट म्यान एण्ड मी’ मा देखिएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.