• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कलाकार दीपकराज गिरीले आस्था राउतलाई गरे यस्तो आग्रह

  •    शुभेच्छा न्यूज  /४ माघ २०७६, शनिबार २१:१६ ,  प्रकाशीत
  • कलाकार दीपकराज गिरीले विमानस्थलमा महिला प्रहरीसँगको ‘दुर्व्यवहार’ घटनामा गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै गिरीले आस्थालाई माफी माग्न सुझाव दिएका हुन् ।

    नेपालमा राजनीतिक पार्टीका नेताहरुलाई बाहेक अरु कसैलाई भिआइपी नमान्ने गरिएको प्रसंग झिक्दै गिरीले सेलिब्रिटी कल्चर नभएको मुलुकमा यस्ता घटना भइरहने बताएका छन् ।

    पत्रमा कलाकार गिरीले विगतमा आफू पनि प्रहरीसँगको यस्ता घटनाहरुबाट गुज्रेको उल्लेख गरेका छन् । आस्था राउत प्रकरणमा कलाकारले फूर्ति देखायो भन्दै सामाजिक सञ्जालमा आइरहेका गालीले आफूलाई दुःखी बनाएको पनि दीककराजले बताएका छन् । यस्तो छ उनले फेसबुकमा सार्वजकिन गरेको खुलापत्र;

    प्रिय आस्था बहिनी…
    यो विषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू। समस्या कहाँबाट आयो भने .. तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो ।।भिड र संवेनदशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ ।

    उनीहरू लाइ छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि त्यहाँ पनि निस्कियो होला।

    तर हामी कलाकार वा सेलेब्रिटीजको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ । अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ ।

    अत सहनु पर्ने हामिले नै रहेछ। विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकि त्यहाँ नेता मात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारीहरु, नाम चलेका खेलाडी कलाकारहरू लाइ पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो ।

    यो संवेदनशीलतालाई हामीले बुझ्नु पर्छ किनकि हामी भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अवस्थामा हामी सतर्क हुनै पर्छमापसेकाण्डमा म पनि परे गल्ती मेरै थियो तर जब म प्रहरी को पन्जामा परे ।

    ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनु पर्ने रहेछ ।

    हामीलाई अन्याय नै भयो भने पनि। “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिँदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ तिमिलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

    तिमीलाई केही नभइ त्यस्तो भनिँनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

    आज कतीपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौ यो वास्तविकतालाई बुझौँ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.