हिमपहिरोमा बेपत्ता भएकाहरूको उद्धारमा कठिनाइ
"मौषमका कारण हेलिकप्टरबाट आकाशबाट मात्रै शर्च गरेर फर्किएको छ "
तपाईको प्रतिक्रिया





अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परेर बेपत्ता ७ को शनिबार मौषमका कारण खोजीमा कठिनाई भएको छ ।
शुक्रबार आएको हिमपहिरोमा परेर ४ कोरियन पर्यटक र ३ नेपाली बेपत्ता भएका छन् । आइतबार मौषमका कारण हेलिकप्टरबाट आकाशबाट मात्रै शर्च गरेर फर्किएको छ ।
टान पोखराले आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न टेकिङ एजेन्सिबाट गएका मध्ये ७ जना हराएइ रहेको जनाकारी दिएको छ । टान पोखराका अध्यक्ष हरि भुजेलले ४ जना कोरियन र ३ जना नेपाली गरी ७ जना हराई रहेको र तत्कालै खोजी गर्न कठिन रहेको बताए ।
उनले बेपत्ता हुनेमा कोरियन नागरिक लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो वोन रहेका छन् । त्यसै गरि नेपालीमा छिरिङ भोटे (शेर्पा), सरोज परियार र मेनबहादुर तामाङ छन् । तामाङ भरियाको रुपमा गएका थिए ।
हिमपहिरोस्थलमा बाक्लो हिउँ परेकाले उद्धारमा कठिनाइ छ । केही स्थानीय शनिबार र आइतबार दिउँसो पहिरोस्थलमा पुगे पनि तत्कालै खोजी गर्न सकिने अवस्थान रहेको टान पोखराका पुर्व अध्यक्ष दिपक अधिकारीले बताए ।
टान पोखराले ७ जनाको टोली बनाएर उद्धारका लागि शुक्रबार नै त्यस तर्फ पठाएको उनले बताए ।
Related