• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहामा मधेश आन्दोलनका सहिदहरुको सम्झनामा बलिदानी दिवस

  •    शुभेच्छा न्यूज  /६ माघ २०७६, सोमबार ०९:४३ ,  प्रकाशीत
  • महेश सिंह
    मधेस आन्दोलनका क्रममा सिरहा मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाउने गर्छ ।

    माघ ५ गते, मधेश आन्दोलनका सहिदहरुको सम्झनाको दिनमा मधेशवादी दल तथा प्रदेश २ सरकार विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन् ।

    वि.स. २०६३ माघ ५ गते का दिन सिरहा जिल्ला मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले मधेशको लागि दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्त गरेको थियो ।

    तसर्थ यो दिन नेपालको इतिहासमा खास गरेर मधेशी जनताको मानस पटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाका लागि दर्ज भएको छ ।

    प्रदेश सरकारले आज वीरगञ्जमा बलिदानी दिवस मनाएको छ । वीरगञ्जमा आज दिउँसो मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ ।

    मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सिरहा छेत्र नम्बर १ कि छेत्रीय अध्यक्ष तथा नेत्री भारती गुप्ताको अध्यक्षतामा आइतबार सिरहाको लहानमा रहेको सहिदहरुको सालिकमा माला अर्पण गरि बलिदानी दिवस मनाएका छन् ।

    मधेसी दल समाजबादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष ओपेन्द्र यादव र जन्मत पार्टीको राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले समेत सहिदहरुको सालीकमा माला अर्पण गरि कार्यक्रम मनाएका छन् ।

    सहिद चौक लहानमा आइतबार एका बिहान देखी नै मधेसबादी दलका अधिकान्स नेताहरु ले पाल्दै पालो गरि सहिदहरुको सम्झ्नालाई यौगौ युग सम्म बर्क्रार राखन कार्यक्रम मनाएको हो । माला अर्पण कार्यक्रम लगत्तै राष्ट्रिय जनता पार्टीका अधिकान्स नेताहरुले १३औं बलिदानी दिवसको उपलछमा सिरहाको लहान ग्रामीण चौका स्थित रहेको लहान मेरि चिलरेनडका विद्यार्थीहरुलाई कपि , कल,र फलफुल वितरण गरेका छन् ।

    स्कुल ले गरिब,अपांग,असहाय रजेहेन्दार विद्यार्थीहरुलाई बिगत पाँच बर्ष देखी विद्यार्थीहरुको खाना, लत्ताकपड,पढाई, लालल्न पालन र स्कुल फि समेत न लिई करिब सयौं बिद्यार्थीहरुको शिक्षा दिनेगरेको स्कुलको प्रेन्सीपल पाँडब हमला थकुरीले बताए ।

    कार्यक्रममा राजपा पार्टीका भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ विद्यार्थी नेता महेश सिंह महतो, बिनिता चौधरी, सन्ध्या पसमान बिसुन्देब सरदार, बिनिता शरण लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

    पार्टीका नेताहरु रामरिझन यादव,जयनारायण यादब,मनोज यादव, देबनारायण यादव,बिनोद यादव, नेत्री भरती गुप्ता, नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ता लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।

    यता सहिद रमेश महतोको जन्म भुमि मझौरा हाल नबराजपुर गाउँ पालिकामा सिके राउतको जनमत पार्टी ले आम सभा गरेका थिए । विभिन्न कार्यक्रम आयोजन गरी आज मधेश आन्दोलनका सहिदहरुलाई सम्झिरहेका छन् । यस्तै समाजवादी पार्टी बलिदानी दिवस आयोजन गर्ने भएको छ ।

    आइतबार अयोजना गर्ने उक्त कार्यक्रममा पहिलो तथा दोश्रो मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निर्वातमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिए ।

    उनका अनुसार प्रगतिशील मधेशी समाजले समेत सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ सरकारले बलिादानी दिवस मनाउन आज प्रदेश २ मा सार्वजनिक विदा समेत दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.