• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रिसोर्टमा अचेत भेटिएका ८ भारतीय पर्यटककाे मृत्यु

  •    शुभेच्छा न्यूज  /७ माघ २०७६, मंगलवार १३:४९ ,  प्रकाशीत
  • मकवानपुरको थाहा नगरपालिका-४ दामनस्थित पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटककाे मृत्यु भएको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरूको मृत्यु भएको पुष्टि गरे । उनीहरूलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

    मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बास बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए । अचेत भेटिएका ८ मध्ये २ युवक, २ युवती, २ बालक र २ बालिका छन् ।

    कोठाभित्र झ्यालढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिए ।

    २ जना बस्नुपर्ने कोठामा ८ जना बसेका कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल व्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए ।

    १५ जनाको समूहमा दामन पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा ७ जना र अर्कोमा ८ जना बास बसेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.