• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कृष्ण थापालाई राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी

  •    शुभेच्छा न्यूज  /८ माघ २०७६, बुधबार २१:२८ ,  प्रकाशीत
  • हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका हुन ।

    उपाधी संगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखी २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिएभने हाल इलामको गजुरमुखी चेस क्लवबाट चेस खेल्दै आएका छन ।

    त्यसैगरी प्रतियोगितामा ५ अंक सहित महेश्वर अधिकारीले दोश्रो स्थान सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारे भने बुद्धिराज शर्माले ४.५ अंक सहित तेश्रो स्थान हासिल गर्दै १० हजार प्राप्त गरे ।

    अनिल कोइरालाले ४ अंक सहित चौथो स्थान हासिल गर्दै नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेभने विनोद नाल्मीले ४ अंक सहित पांचौ स्थान हासिल गर्दै नगद २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी दशौ स्थान सम्म पर्न सफल सागर साइ, विश्व पराजुली, युवाराज भण्डारी, राम बहादुर क्षेत्री, विरबहादुर परियारले जनही १ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

    विजेताहरुलाई पुरस्कार वितरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले आफुले लिएको उद्देश्य अनुरुप खेल क्षेत्रलाई समेत समेटेर दशौ संस्करणको पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको र यो प्रतियोगिताले नया खेलाडीको उत्पादन संगै कास्की जिल्ला हुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा टेवा पुग्ने वताए ।

    त्यसैगरी कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्र प्रधानले युनाईटेड क्लवले सामाजिक काम संगै खेलकुद क्षेत्रलाई समेत समेटेर बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर बुद्धिचाल खेलको प्रवद्र्धन संगै राष्ट्रिय स्तरको खेलाडी एकै ठाउमा भेला हुने वतावरण वनाएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा युनाईटेड क्लव संग सहकार्य गरी पोखरामा अन्तराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरिने वताए ।

    प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाटले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

    यसैविच अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सव नवौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य मात्रामा सहभागीता रहेको छ । महोत्सवको नवौ दिन बुधवार महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेको लोकदोहोरी गायिका ज्योती मगरको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए ।

    ज्योति संगै जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन दिए ।

    तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य संगै महोत्सवमा गुरुङ जातिको मृत्यु संस्कारमा आयोजना गरिने चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुतीले दर्शकको मन जित्न सफल रहयो ।

    सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जीले पोखराको झलकमान गन्धर्र्वको जीत लाई आफ्नै तरिकाले प्रस्तुती गदै नेवारी गीतको माध्यामबाट युवापुस्तालाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । मुखर्जी संगै स्थानिय ड्रिमर्जको समेत प्रस्तुती रहेको थियो ।

    महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा कास्की मोड्नाइज र बहादुरे मावि फाइनल चरणमा प्रवेश गरेको छ । कालिका मावि प्रतियोगितामा पराजित भयोभने बालकल्याणको अनुपस्थितीमा बहादुरे मावि फाइनलमा प्रवेश ग¥यो ।

    महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ राजु परियार, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पुजा गुरुङ, प्रकाश बराल, बिनोद रामदाम लगायतको प्रस्तुती रहनेछभने हास्य कलाकार राजा राजेन्द्रको हास्यब्यङ्ग्य प्रस्तुती हुनेछ ।

    त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ सविन राई एण्ड फेरोह र स्थानिय आत्मसर्गको प्रस्तुती रहने छ । महोत्सवमा रक्त समुह छुट्याउने, सुगर र किड्नी परिक्षणमा निशुल्क र रगतको अन्य जांचमा ५० प्रतिशत छुटको ब्यवस्था मिलाइएको छभने शिक्षामुलक सन्देश प्रदान गर्ने कखरा बृत्तचित्र समेत निशुल्क प्रदर्शनी गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.