शुभेच्छा न्यूज /१० माघ २०७६, शुक्रबार १५:५० , प्रकाशीत
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)बाट कुटाइ खाएका कास्की एन्फा अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् । खेलकुद प्रतियोगिताको व्यवस्थापन राम्रो नगरेको भन्दै मनाङेले गुरुङमाथि हातपात गरेका थिए ।
मनाङेलाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ । गुरुङले कुटपिटसम्बन्धी उजुरी दिएपछि प्रशासनको आदेशमा मनाङेलाई पक्राउ गरिएको थियो ।
कुटाइ खाने गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । यो घटना बाहिर आएसँगै गुरुङविरुद्ध पनि प्रहरीमा उजुरी परेको खुलेको थियो ।
गुरुङलाई प्रहरीले बैंकिङ कसुर तथा ठगी मुद्दामा पोखराको गैह्रापाटनबाट नियन्त्रणमा लिएको हो । बैंकिङ कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

गुरुङमाथि पनि कुटपिटको आरोप छ ।
Related