पोखरा जुलोजिकल पार्कको काम बजेट अभावमा रोकिन्न ; मन्त्री गुरुङ
"दशौ पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न "
तपाईको प्रतिक्रिया





आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन ।
युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले युनाईटेड क्लवको पहलमा निर्माणाधिन पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेकाले यसको निर्माणलाई पूर्णता दिन प्रदेश सरकारले अपनत्व लिएर काम गर्ने उनको भनाइ रहेको थियो ।
पोखरामा आयोजना हुने मेला महोत्सवले पोखराको आर्थिक विकासमा टेवा पुग्ने वताउदै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
प्रायोजक हिम श्री फुड्सका बजार ब्यवस्थापक गोपाल केसीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखी सहयोग गर्दै आएको वताउदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए ।
समारोह आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए / कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।
प्रमुख अतिथी गुरुङ संगै, क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहित क्लवका पदाधिकारीहरुले संयुक्त रुपमा दशौ पोखरा महोत्सव २०७६ वाई वाई एघारौ पोखरा महोत्सव २०७७ हाइ हाइ भन्ने ब्यानर जडित बेलुन उडाएर महोत्सवको समापन गरिएको थियो ।
पुसको २९ देखी माघको १२ सम्म १३ दिन सञ्चालित महोत्सवमा दर्शकको उल्लेख्य साथ रहयो ।
Related