शुभेच्छा न्यूज /१२ माघ २०७६, आईतवार २०:०६ , प्रकाशीत
मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम पर्यटकीय ताङतिङमा शनिबार सम्पन्न भएको छ।
प्रमुख अतिथि मादी गाउपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) ले कार्यक्रमको उद्घाटन गरेका थिए। गुरुङले ताङतिङ पर्यटकीय क्षेत्रको रुपमा अब्बल रहेको तर प्रचार–प्रसारको अभावअमा पछि परेको बताए । मादिको माथिल्लो भेगलाई पर्यटकीय क्षेत्र र तल्लो भेगलाई कृषिको पकेट क्षेत्रकारुपमा बिकास गर्ने गरी गुरुयोजना बनाएको बताए ।
गाउँपालिकामा भित्र आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानीय खानाको परिकार र लोकभाकामा नाचगान सहित सांगेतिक मनोरञ्जन गराउने उनले बताए ।
त्यसैगरी ताङतिङ होमस्टेकी अध्यक्ष पशमाया गुरुङले ताङतिङ आउने आन्तरिक तथा बाह्यि पर्यटकलाई खुसी बनाएर पठाउने गरेको बताईन।
कार्यक्रममा पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, जिवन गोर्खालीले महासचिवको प्रतिवेदन र बसन्त बाँस्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठले भावी १ वर्षमा सम्पन्न गर्ने कार्ययोजनाहरु पेश गरेका थिए । उनका कार्ययोजनामा जिल्लाका सम्पूर्ण मुद्रण उद्योग व्यवसायीहरुको अफिसियल डकुमेन्टेशन राख्ने, स्मारिका प्रकाशन गर्ने, इष्टिमेट सफ्टवयर तयार गर्ने र इष्टिमेट डायरी प्रकाशन गर्ने रहेका छन् ।
पर्यटन बर्षलाई प्रशद्र्धन गर्ने उदेस्यले ताङतिङ होमस्टेमा कार्यक्रम राखिएको बनभोज कार्यक्रमका संयोजक कृष्ण रञ्जितले बताए ।
कार्यक्रम सञ्चालक महासचिव जिवन गोर्खालीले गरेका थिए ।

Related