शुभेच्छा न्यूज /१२ माघ २०७६, आईतवार २१:०२ , प्रकाशीत
मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकन पोखराको उपाधि इशानी बराइली जितेकी छन् ।
शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् ।
प्रतियोगीतामा जुनिएर तर्फ फस्ट रनर्सअप मदर ल्याण्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य लम्साल बन्न सफल भए ।
यसैगरी सिनियर तर्फ फस्ट रनर्सअप कुम्दीनी होम्समा अध्ययनरत मानुशी भण्डारी र सेकेन्ड रर्नसअप शिशु निकेतनमा अध्ययनरत आकांक्षा आचार्य घोषित भए । कार्यक्रममा फाइनलमा पोखराका १५ विद्यालयबाट ३४ जना छात्रा र १६ जना छात्र गरी कुल ५० जना बालबालिकाले प्रतिष्पर्धा गरेको आयोजक मिडिया ल्याण्डको एम.डि. प्रतिमा श्रेष्ठले जनाइन् ।
छानिएका प्रतिभालाई व्यक्त्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतना लगायतका तालिम मार्फत निखारिता थपेर अन्तिम प्रतिष्पर्धामा उतारिएको हो ।
प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजीजु, गायिका इतु जोजीजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ कविता तामाङ, खेलाडी जमुना थापा, रमेश पाण्डे, तारा गुरुङ आदी निर्णायक रहेका थिए ।
विजेता तथा उपविजताले अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिन पाउने श्रेष्ठले जनाइन् । टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशमा प्रतिष्पर्धा गर्न उनीहरुले पाउनेछन् ।

Related