• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका नहरमा खसेर १८ जनाको मृत्यु, नहर मान्छेमार्ने धराप भयो

  •    शुभेच्छा न्यूज  /१३ माघ २०७६, सोमबार १०:३८ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताएका छन् ।

    प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको बताए । २ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न सभामुख मार्फत प्रदेश सरकारलाई महानगर संग सहकार्य गरेर समाधान गर्न आग्रह गरे ।

    अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भयो कोइरालाले बताए । कोइरालाले पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा, पोखरा १४ मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताए ।

    कोइरालाले १० महिना अगाडी पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गराए । कोइरालाले विकास गर्नुपर्छ तर त्यही विकास मान्छे मार्ने हुन नहुने बताए ।

    कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताए ।

    जन्मेपछि मत्यु अबश्यक हुन्छ तर मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.