• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एक लाख पुरस्कारबाट भलिबलकी कप्तान अरुणा सम्मानित

"शाहीलाई विद्यालयको तर्फबाट एक लाखसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान "
  •    शुभेच्छा न्यूज  /१३ माघ २०७६, सोमबार २०:५० ,  प्रकाशीत
  • राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा एक लाख नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।

    पोखरा ३ नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा शाहीले पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई पोखरामा एक समारोहकाबीच सम्मान गरेका जनाएको छ ।

    शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टीमले अहिलेसम्मकै उच्च प्रदर्शनका साथ हालै सम्पन्न साग गेममा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट एक लाखसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । यसअघि, अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित गरिसकेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई सम्मान गरेको थियो । यस्तै, एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।

    कार्यक्रममा प्रमुख अतिथि मेयर जिसीले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम नै खेलक्षेत्र भएकाले यस क्षेत्रको उन्नयनमा सघाउ पु¥याउने उद्देश्यले विद्यालयले हरेक वर्ष यसरी आकर्षक नगदसहित सम्मान गर्नु प्रशंसनीय रहेको बताए ।

    यो सम्मानले युवालाई उत्कृष्ट कार्यमा अगाडि बढ्न प्रेरित गरेको उनको भनाई छ । प्रतिभा माविको जनशक्तिले नेपालका विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलताले उत्साहित बनाएको उल्लेख गरे ।

    नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले नेपाली महिला भलिबलले देशकै प्रतिष्ठा बढाएको उल्लेख गर्दै यसरी खेलाडीलाई सम्मान हुँदा थप उर्जा मिल्ने बताए । सम्मान ग्रहणपछि शाहीले सम्मानबाट आफूलाई हर्षित बनाएको बताईन् ।

    उनले विद्यार्थीलाई पहिलो प्राथमिकता पढाईलाई दिएर आफ्नो रोजाईको खेललाई पनि सँगसँगै अघि बढाए शारीरिक तथा मानसिक रुपमा पनि सशक्त बन्ने बताईन् ।

    विद्यालयले दुई दिनसम्म विद्यार्थी र अभिभावहरुलाई उत्प्रेरणात्मक अभिमुखीकरण कार्यक्रम गरेको छ । अग्रज प्रशिक्षक रविन कटवाल र दृष्टिविहीन सृष्टि केसीले सहजीकरण गरेको प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए ।

    कार्यक्रममा हिसान कप कास्कीमा बास्केटबलमा प्रथम बनाउन सफल प्रशिक्षक हेमन्त गुरुङ र भलिबलमा तृतीय स्थानमा ल्याउन सफल प्रशिक्षक तेजेन्द्र बानियाँलाई पनि विद्यालयले नगदसहित सम्मान गरेको थियो ।

    सोहि अवसरमा पहिलो प्रयासमै त्रिभुवन विश्वविद्यालय टिचिङ शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको प्लस टु कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिए ।

    कार्यक्रमको समापनको अवसरमा विद्याललय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए ।

    विद्यालयले गत साउनमा कक्षा १२ को परीक्षामा नेपालभरमै सर्वोत्कृष्ट जिपिए ल्याउने मध्ये एक आफ्नी छात्रा शुरती पाण्डेलाई डेढ लाख नगदसहित सम्मान गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.