• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल ( भिडियो सहित )

  •    शुभेच्छा न्यूज  /१४ माघ २०७६, मंगलवार ०७:२५ ,  प्रकाशीत
  • ज्यो. हरि पन्त

    आजको पञ्चांग
    आज मिति २०७६ माघ १४ गते मंगलबार, इस्वीसंवत जनवरी २८ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

    चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको चतुुर्थी तिथि अहोरात्र रहनेछ । आज पूर्वाभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा परिध, करणमा बब रहनेछ भने आनन्दादि योगमा मृत्यु रहनेछ ।

    सूर्य मकर राशिमा, चन्द्रमा कुम्भ राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ५२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५५ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३९ मिनेटमा हुनेछ ।

    आजको राशिफल
    मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ, चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । शुभअंक : १ र ११, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह । मित्र राशि : मिथुन र कुम्भ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज समय शुभ छ, स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन छ । तर आज साँझपख कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ । शुभअंक : ४ र १२, शुभरंग : नीलो, स्वामीराशि : शुक्र ग्रह । मित्र राशि : कर्कट र मीन ।

    मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहेको छ । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । शुभअंक : १ र ५, शुभरंग : हरियो र खैरो, स्वामीराशि : बुध ग्रह । मित्र राशि: मेष र सिंह ।

    कर्कट : आज कर्कट राशिका लागि आज स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ आज सफल हुनेछन् । पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला । शुभअंक : २ र ६, शुभरंग : सेतो, स्वामीराशि : चन्द्रमा ग्रह । मित्र राशि : वृष र कन्या ।

    सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । लाभ पाइने अवसर प्रशस्तै छन् । प्राप्त मौकाको ठीक–ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समय शुभ रहेकाले सही उपयोग गर्नुहोला । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ । शुभअंक : ३ र ७, शुभरंग : गुलावी र हल्का रातो, स्वामीराशि : सूर्य ग्रह । मित्र राशि : मिथुन र तुला ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज समय राम्रै छ । आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने, आज समय शुभ रहनेछ । प्रतिष्ठित एवं ठूला मान्छेसंग भेटघाटको मौका समेत मिल्ने देखिन्छ । शुभअंक : ४ र ६, शुभरंग : हरियो र हल्का रातो, स्वामीराशि : बुध ग्रह । मित्र राशि : कर्कट र वृश्चिक ।

    तुला : तुला राशि भएकाहरूका लागि आज खोजेका कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । मनमा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ धैर्यगरी कार्यमा लग्नुहोला । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला । शुभअंक : ५ र ९, शुभरंग : निलो, स्वामीराशि : शुक्र ग्रह । मित्र राशि : सिंह र धनु ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । शुभअंक : ६ र १०, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह । मित्र राशि : कन्या र मकर ।

    धनु : धनु राशिका लागि आज समय अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् । आज लगानी जेमा गर्नु हुन्छ अथवा जे कामको थालनी गर्नुहुन्छ, त्यसबाट राम्रो परिणाम पाइनेछ । मिष्ठान्न भोजनको योग पनि देखिन्छ, आज पूर्वी दिशाको भ्रमण सफल रहनेछ । शुभअंक : ७ र ११, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति ग्रह । मित्र राशि : तुला र कुम्भ ।

    मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय ठीक छैन । स्वास्थ्य सुरक्षित छैन । आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन । खाने, पिउने वस्तुबाट तपाईप्रति षड्यन्त्र हुनसक्ने सम्भावना बलियो छ । कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्–कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । आज आर्थिक दृष्टिकोणले घाटामा परिनेछ । शुभअंक : ८ र १२, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह । मित्र राशि : वृश्चिक र मीन ।

    कुम्भ : कुम्भ राशिका लागि आज स्वास्थ्यमा कुनै खराबी भए सुधार हुँदै जानेछ । आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । सोचे जति काममा सक्रियता अलि कम भए पनि विस्तारै उन्नति प्रगतिमा गम्भीर भई जाने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ । शुभअंक : १ र ९, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह । मित्र राशि : धनु र मेष ।

    मीन : मीन राशि भएकाहरूका लागि आज आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । जे काम पनि आँफै गर्न खोज्ने बानी ठीक होइन, पुगेर न आउने होइन ज्यादा व्यर्थ परिश्रम नगर्नै राम्रो । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दुःख दिने सम्भावना बलियो छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला । शुभअंक : २ र १०, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति । मित्र राशि : मकर र वृष ।

    साइत : आज चन्द्रमा कुम्भ राशिमा रहेकाले पश्चिम र दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज मंगलबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । यदि अन्य दिशातर्फ बाध्यतावस जानै परेको छ भने घरबाट निस्कनु अघि झोलामा १ माना चामल, १ वोत्तल चोखो पानी राख्नुहोस्, घर नजिकैको सकेसम्म शिव भगवानको मन्दिरलाई दाहिने पारि एक फन्को परिक्रमा गरेर यात्रा शुरुवात गर्नुहोस् । यी धार्मिक उपाय हुन् । यति गर्नुभएमा तपाइँलाई यात्रामा दोष लाग्ने छैन ।

    आजको शुभ लाभादि बेला
    बिहान ६ः५५ बजेदेखि ८ः२५ बजेसम्म रोग बेला
    बिहान ८ः२५ बजेदेखि ९ः५५ बजेसम्म उद्धेग बेला
    बिहान ९ः५५ बजेदेखि ११ः२५ बजेसम्म चर बेला
    दिउँसो ११ः२५ बजेदेखि १२ः५५ बजेसम्म लाभ बेला
    दिउँसो १२ः५५ बजेदेखि २ः२५ बजेसम्म अमृत बेला
    दिउँसो २ः२५ बजेदेखि ३ः५५ बजेसम्म काल बेला
    दिउँसो ३ः५५ बजेदेखि ५ः२५ बजेसम्म शुभ बेला
    दिउँसो ५ः२५ बजेदेखि ६ः५५ बजेसम्म रोग बेला

    यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    भिडियोमा पनि हेर्नुहोला

    https://youtu.be/j_MCGtfTkug

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.