पोखराको पर्यटकीय क्षेत्र लेकसाईड हप्तामा दूइृदिन ‘नो भेइकल जोन’घोषणा
/१० चैत्र २०७४, शनिबार ०८:२७ , प्रकाशीत
कास्की । पर्यटकीय नगरी पोखराको लेकसाईडमा बढ्दो कोलाहाल र सवारी आवागमनको चाप बृद्धी संगै अस्तब्यस्त बन्दै गएपछि गएपछि ‘नो भेइकल जोन’ घोषणा गरिएकोछ। लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटलाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन शुक्रबार र शनिबार सवारी प्रवेशमा रोक लगाईएको हो।
सरोकारवाला, सर्वदलीय तथा सर्वपक्षीय भेलाले तत्कालका लागि शुक्रबार र शनिबार बेलुकी लेकसाइडलाई ‘नो भेइकल जोन’ बनाउने निर्णय गरेपछि पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषर्णा गरिएको हो ।
शुक्रबार साँझ आयोजित कार्यक्रममा प्रदेश ४ सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयूक्त रुपमा नो भेइकल जोन भएको घोषणाको बिधिवत उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै महागनर मेयर मानबहादुर जिसीले घोषणा गर्नु ठूलो कुरा नभएको बताउदै यसको निरन्तरता प्रमुख भएको बताए । ‘यहाँ आउने पर्यटकलाई सवारी साधन कहाँ राख्ने भन्ने समस्या नहोस र यहाँ आएपछि घुम्ने, रमाइलो गर्ने वातावरण सृजनाहोस् भनेरै ‘नो भेइकल जोन’ घोषणा गरिएको हो’ उनले भने। अब, लेकसाइडवासीहरुले ‘नो भेइकल जोन’ कार्यक्रमलाई लागु गर्ने तर्फ लाग्नोस्।’
मेयर जिसीले लेकसाईडमा रहेका खाली जग्गामा पार्किङको ब्यवस्था गर्न समेत अनुरोध गरे ।

Related