• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

  •    शुभेच्छा न्यूज  /१५ माघ २०७६, बुधबार ०८:४६ ,  प्रकाशीत
  • आजको पञ्चाङ्ग
    मिति २०७६ साल माघ १५ गते बुधबार, इस २०२० जनवरी २९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। चतुर्थी, ८ः४२ उप्रान्त पञ्चमी।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ ।

    वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिइएको समय बालुवामा पानी सरह हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिनेछैन ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : कामका सवालमा उठ्ने गोप्य कुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महसुस हुनेछ । दिदीबहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) : पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ ।

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): माया प्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनुपर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरु गुम्न सक्छ ।

    वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, य) : विद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् ।

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नी बीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ।

    मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) : शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

    मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.