युवकको मृत्यु भएलगत्तै विक्षिप्त युवतीले गरिन् आत्महत्या
शुभेच्छा न्यूज /१५ माघ २०७६, बुधबार ०८:५२ , प्रकाशीत
र्खेतको वीरेन्द्रनगर–४ मा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएलगत्तै विक्षिप्त बनेकी एक युवतीले आत्महत्या गरेकी छन्।
मंगलबार बिहान वीरेन्द्रनगर–४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट मोटरसाइकल चालक कालिकोट महावै गाउँपालिका–३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमै ज्यान गयो। सिंहको मृत्युको पीडा खप्न नसकेर कालिकोटकी अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी छिन्।
उनको शव सुर्खेतस्थित मामाघरमा झुण्डिएको अवस्थामा फेला परेको थियो। सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ। तर उनीहरुबीचको सम्बन्धबारे भने प्रहरीले केही बताएको छैन्।
सिंहको टिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको थियो। जसका कारण स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ।

Related