• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नतिजाबाट सरकारले जवाफ दिइरहेको छ: प्रधानमन्त्री ओली

  •    शुभेच्छा न्यूज  /१५ माघ २०७६, बुधबार २१:३५ ,  प्रकाशीत
  • नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबिरुद्ध प्रचार युद्ध भैरहेकाले सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

    नेकपा केन्द्रीय कमिटीको बैठकको उदघाटन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिलाई आत्मसाथ गरेर अघि बढेको बताए ।

    नेकपा विश्वव्यापी मान्यतासहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरहने छ, अहिले शान्तिपुर्ण अवस्थामा आएको छ, हामी अन्तराष्ट्रिय मापदण्ड अनुसार काम गरिरहेका छौ’ प्रधानमन्त्री ओलीले भने ।

    उनले वर्तमान सरकारसँग जोडेर प्रेस स्वतन्त्रता र मानवअधिकारको बारेमा प्रश्न गर्नु निरर्थक रहेको सम्बोधनमा बताए ।

    एमसीसीको विषयमा बाेल्दै उनले कृष्णबहादुर महरा परराष्ट्रमन्त्री हुँदा जुलाई २१, २०१७ मा पार्लियामेन्टबाट अनुमोदन गर्न र क्याबिनेटबाट अनुमोदन गर्न प्रतिवद्धता जनाएको बताए ।

    त्यसपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच वर्षभित्र पूरा गर्नुपर्ने र इण्डो प्यासिफिकसँग सम्बन्धित नभएकोमा नेपाललाई आश्वस्त पारिसकेको स्मरण गरे ।

    ‘४९ देशसँग यो सम्झौता भएको छ । कुन देशको हिडन इन्ट्रेस्टमा हामी पछि कुद्नु पर्दैन । कुनै देशको के इन्ट्रेस्ट होला भनेर पछि कुद्नु जरुरी छैन । हाम्रो सोर्भन्टीमा यो सम्झौताले कुनै असर गर्दैन ।

    यसभित्र दुईमध्ये कुनै पनि एक देशले चाहेर सूचना दिएमा रद्द हुन्छ । कानुनी शासन र लोकतन्त्रलाई संस्थागत गर्न ध्यान दिनुपर्छ भनेर अमेरिकाले भनेको थियो ।

    हाम्रो सार्वभौमसत्तामा वा स्वाधीनतामा असर पर्ने होइन,’ उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.