पोखरा, १० चैत । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरु भएको कर तथा लेखा तालिम शनिबार सम्पन्न भएको छ । पोखरामा कर लेखा प्रणालीसम्बन्धी तालिमको समापनका अवसरमा कार्यक्रम नेउवा महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनैपनि कार्यालयमा कर तथा भ्याट सम्वन्धी जानकारी नहुँदा समस्या पैदा हुने गरेको बताए । उनले उद्योग प्रतिष्ठानमा करको ज्ञान र लेखा प्रणालीमा अज्ञानताले जरिवाना तिर्नुपरेको बताए ।
३ दिने तालिममा साना तथा मझौला करदातालाई करसम्बन्धी शिक्षा प्रदान गरिएको थियो । कर कानुनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन, कर फाराम भर्दा हुने त्रुटीमा कम, धेरैभन्दा धेरै व्यवसायीलाई करको दायरामा ल्याउन तालिमको उदेश्यमा टेवा पुग्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । तालिम समापन गर्दै अध्यक्ष पालिखेले परिवर्तित करका दर र दायराबारे जानकारी राख्न र लेखा प्रणालीलाई व्यवस्थित गर्न सहभागिलाई अनुरोध गरे ।
चार्टर्ड एकाउन्टेन्ट सचेतलाल श्रेष्ठ र सन्तोष पाण्डेले प्रशिक्षण दिँदै सचेत हुन सके करमा कुनै समस्या नहुने बताएका थिए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिएको थियो ।

Related