• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा त्रिवि शिक्षण अस्पतालको शिलान्यास, ३ सय शैयाको अस्पताल बन्ने

"गण्डकी प्रदेशका अर्थ मन्त्री किरण गुरुङद्धारा शिलान्यास "
  •    शुभेच्छा न्यूज  /१७ माघ २०७६, शुक्रबार ०८:५० ,  प्रकाशीत
  • गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो ।

    विसं २०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहान गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे।

    क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ। २३ रोपनी १२ आना जग्गामा रु एक अर्व २६ करोड लागतमा अस्पताल भवन बनाउन लागिएको क्याम्पस प्रमुख नीता ताम्राकारले बताए। त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागिएको हो।

    छ तले अस्पताल भवनमा अन्तरङ्ग, बहिरङ्ग, सुत्केरी हल, शल्यक्रियाकक्ष, बच्चा हल, सर्जरी, हाडजोर्नी, न्यूरो, आइसियु, सिसियू, एनआइसियू, फार्मेसी, ब्लड बैङ्क, प्रयोगशाला, लगायतका छुट्टाछुट्टै ब्लक बनाइने क्याम्पस प्रमुख ताम्राकारले जानकारी दिए।

    तीन सय शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पु याउने योजना रहेको बताइएको छ । शिक्षण अस्पतालमा नर्सिङ पढाउनुका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको बताइन्छ। भवन शिलान्यास गर्दै मन्त्री गुरुङले अस्पताल निर्माणदेखि सञ्चालनसम्मको नेतृत्व प्रदेश सरकारले लिने बताए।

    प्रदेश सरकारले चालू आवमा अस्पताल भवन बनाउनका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो। गण्डकी प्रदेशसभाका सदस्यद्वय कृष्ण थापा, राजीव पहारी, त्रिभूवन विश्वविद्यालय डीन कार्यालयका सहायक डीन प्राध्यापक डा. मन्दिरा वन्तलगायतले अस्पताल भवन समयमै सम्पन्न भएर जनताले सहज सेवा सुविधा पाउने विश्वास व्यक्त गरेका थिए।

    क्याम्पसले विसं २०४० देखि तीन वर्षे प्रवीणता प्रमापणपत्र तह नर्सिङमा कक्षा सञ्चालन गरेको थियो। हाल तीन वर्षे व्याचलर अफ नर्सिङ इन साइन्स (बिएनएस), चार वर्षे व्याचलर अफ साइन्स इन नर्सिङ (बिएससी नर्सिङ) तथा नर्सिङका स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्दै आएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.