• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका वडाहरुमा सडक पूर्वाधार निर्माण भएपछि जनजीवन सहज बन्दै

"स्थानिय निकायको निर्वाचन पछि सडक निर्माणलाइ प्राथमिकतामा "
  •     कृष्ण अन्जान ज्ञवाली  /१७ माघ २०७६, शुक्रबार ०९:२४ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    स्थानिय निकायको निर्वाचन पश्चात विकास निर्माणका कामहरु जोडतोडले भइरहेकाछन।अधिकांश स्थानिय निकायहरुको प्राथमिकतामा परेको भौतिक पुर्वाधारमा सडक निर्माण परेको छ ।

    यो पोखारा महानगरपालिकाको वडा न. २० भलाम क्षेत्र हो । पोखरा महानगरपालिकामा पछिल्लो पटक गाभिएको साविक भलाम गाउं विकास समिती र मौजा गाउं विकास समिती पोखरा महानगरपलिका वडा नं २० को रुपमा स्थापित भएको छ ।

    पोखरा संग नजिक भएर पनि दुर्गम जस्तो देखिने यो वडामा स्थानिय निकायको निर्वाचन पछि सडक निर्माणलाइ प्राथमिकतामा राखिएको वडा न २० का वडाध्यक्ष सिम गुरुंगको भनाइ छ ।

    पुर्वाधारको विकासले पछि परेको यो वडामा स्थानिय निकायको निर्वाचन पछि सडक निर्माणको कार्य धमाधम भइरहेको छ ।मुख्य रुपमा पोखरा शहर संग जोडने र वडा नं २०लाइ अन्य स्थानिय निकाय तथा पर्यटकिय केन्द्र संग जोडने गरि सडक हरु निर्माण भइरहेका पोखरा २० का प्राविधीक महेन्द्र भट्टराइले जानकारी दिए ।

    पोखरा महानगर पालिकाका ३३ वटा वडाहरु मध्ये यस वडा नं २० उत्तरी क्षेत्रमा रहेको विकट र भौतिक पुर्वाधारले अत्यन्तै पछि परेको वडा हो ।

    निश्चय पनि यो वडाका बासिन्दाले अहिले सम्म पोखरा महानगर पालिकाका वासिन्दा हौं भन्ने अनुभव गर्न पाएका छैेनन यो यथार्थ हो र शहर सम्मको पंहुचका लागि सडक पुर्वाधार पहिलो हुन सक्छ भन्ने यहांका जनप्रतिनीधीले राम्ररी वुझेको र साहि अनुसार काम अगाडी वढेको वडाध्यक्ष गुरुंगले वताए ।

    भलाम तथा मौजा जोडिएको यो क्षेत्र पर्यटकिय हिसावले पनि परिचीत छ भने मौजा क्षेत्रमा व्यवसायिक वाखा्र पालनको पकेट क्षेत्र वन्न सक्ने हुनाले पनि समृद्ध वडा वनाउनका लागि यो क्षेत्र सम्म सडक को पहुंच पुर्याएर त्यस क्षेत्रको पर्यटन तथा पशुपालनलाइ शहर सम्म पुर्याउन सजिलो हुने भएकाले पनि सडक प्राथमिकतामा परेको हो ।

    पोखरा महानगपालिका को विकटलाइ निकट वनाउने गरि शुरु गरिएको यो सडक निर्माण अभियानले महानगरको समानुपातिक विकासको अवधारणालाइ सार्थक वनाउने देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.