पोखरालाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ्ग
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले राजधानी पोखरालाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बनाउनुपर्ने बताएका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको ठाँउ भएकाले प्रदेश राजधानीलाई अन्तरराष्ट्रिय व्यापारिक केन्द्रको रुपमा स्थापना गनुपर्ने उनको धारण छ ।शुक्रवार दमौलीमा नेपाल आदिबासी जनजाति महासङ्घ तनहुँको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङ्गले प्रदेश नं ४ भौगोलिक रुपमा अन्य देशसँग निकटतम सम्बन्ध भएको र बाह्य पर्यटकको अत्याधिक आगमन जस्ता आधारले अन्तरराष्ट्रिय व्यापारिक केन्द्रको आवश्कता महशुस भई सोही अनुसार ऐन निर्माणको क्रममा रहेको बताए ।
उनले भने ‘हाम्रो प्रदेशमा प्रकृतिले दिएका थुप्रै बरदान छन्, अब त्यही प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्भावनालाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी प्रदेशलाई समृद्ध बनाउने कार्यमा लाग्नुपर्छ ।’प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय र जलस्रोत भएकाले सरकार यसमा अधिकतम लगानी ल्याउने सोचमा रहेको उनले बताए । ‘न्याय र समानताले यस प्रदेशमा शान्ति छ, अब यहाँका नागरिकको जीवन स्तर उकास्ने खालका कार्यक्रम र योजना ल्याउनुपर्छ,’ उनले भने ।सङ्घीय शासन प्रणाली लागू भइसकेको अवस्थामा जनताले परिवर्तनको अनुभूति हुने गरी समृद्धि र सुशासनका लागि काम गर्न गुरुङ्गले जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।
arthik abhiyan
Related