• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको तालबाराही मन्दीरमा जारी आरती पूजासंगै पर्यटकीय गन्तव्य बन्दै

"साँझमा तालबाराही मन्दिर प्रवेशद्वारमा प्रत्येक दिन हुने आरतीमा सहभागी "
  •    शुभेच्छा न्यूज  /२० माघ २०७६, सोमबार १०:२८ ,  प्रकाशीत
  • प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन्। आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन्।

    सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत विभिन्न मनोरम दृश्यावलोकनमा व्यस्त देखिन्छन्। दिनभरि सुन्दर नगरीमा रमाउने पर्यटन साँझमा फेवाताल किनारास्थित तालबाराही मन्दिर प्रवेशद्वार बाराहीघाटमा प्रत्येक दिन हुने आरतीमा सहभागी हुने गरेका छन्।

    पछिल्ला दिनमा तालबाराहीको आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागिे अर्को पर्यटकीय गन्तव्य बन्ने गरेको छ।

    पशुपतिनाथको महा आरतीको झ झल्को दिने गरी सङ्गीतमयरुपमा आरती यहाँ सञ्चालन हुने गर्दछ । तीन जना पण्डितद्वारा सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, पुलपाती, मयूर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी धागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने युवा पण्डित रामप्रसाद सिग्देलले जानकारी दिनुभयो। शङ्खउद्घोषबाट शुरु र अन्त्य गरिने आरतीमा ५४ वटा वत्ती रहने उहाँले जानकारी दिनुभयो ।

    तालबाराहीबाट शुरु भएको आरती अहिले पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर र बेगनासतालमा समेत गरिँदै आइएको छ । हालसम्म ४५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ। ‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले चरितार्थ गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “आरतीको दिगोपनका लािग शुरु गरिएको अक्षयकोषमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।”

    अक्षयकोषमा रु एक करोड पु-याउने समितिको लक्ष्य रहेको छ । दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्दै गएको समितिका सहसचिव तुलसी दाहालले बताउनुभयो ।

    उहाँका अनुसार मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन्। “नित्य पूजाका लागि त जेनतेन आर्थिक सङ्कलन भएको छ”, उहाँले भन्नुभयो,“विशेष गरी तालको किनारामा बालबाराही मन्दिर सामुन्ने खुला आकाशमुनि गरिने आरती पानी पर्दाको समयमा भने भक्तजनलाई अप्ठेरो पर्ने गरेको छ।”

    आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रु ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट रु १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ।

    तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.