• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

  •    शुभेच्छा न्यूज  /२० माघ २०७६, सोमबार २१:२२ ,  प्रकाशीत
  • पोखरा । बुद्ध एयरले पोखराबाट विराटनगरका लागि उडान सेवा शुरु गरेको छ ।

    पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सम्म सिधा हवाई सेवा सञ्चालन गर्दै आएको बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो ।

    पहिलो उडानमा पोखराबाट १८ जना यात्रु लिएर विराटनगर उडेको जहाजले बिराटनगरबाट समेत १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए ।

    उनले पहिलो चरणमा हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए । ‘माग बढ्दै गए पछि दैनिक उठान सञ्चालन गछौं’ उनले भने ।

    नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धधन गर्न पोखरादेखि विराटनगरलाई सिधा हवाई सेवा शुरु गरेको बरालको भनाई छ ।

    पोखरा बिराटनगरको हवाई यात्रामा १ घण्टाको समय लाग्ने छ। उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया कायम गरिएको छ । यस्सैगरी विदेशीलाई १ सय ३० डलर लाग्ने बरालले बताए ।

    पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.