नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा कास्कीबाट समेत प्रतिनिधित्व गराउन बिद्यार्थी नेता पौडलको माग
तपाईको प्रतिक्रिया





नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लगभग एक वर्षपछि नेतृत्व पाएको छ ।नेविसंघको तदर्थ समितिको नयाँ कार्यसमितिमा विभिन्न भेगका विद्यार्थी नेतालाई पदाधिकारीमा मनोनयन गर्दै केन्द्रीय कार्यसमिति बिस्तार भइरहेको छ ।
पदाधिकारी मनोनयनमा गण्डकी प्रदेशबाट तनहुँ जिल्लाका दीपक भट्टराई र स्याङ्जाका युवराज पाण्डे पनि महामन्त्री बनेका छन् ।
गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाबाट हालसम्म कुनै विद्यार्थी नेता पनि नेबिसंघको पदाधिकारीमा मनोनीत भएका छैनन् ।
नेपाल विद्यार्थी संघ कास्कीका चर्चित विद्यार्थि नेता विश्वराज पौडेलले सो विषयलाई लिएर कास्कीबाट कम्तिमा एक जना पदाधिकारी केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन् ।
सो विषयमा पौडेलले काठमाडौंमा नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई निरन्तर दवाव दिएका छन् ।प्रदेशको राजधानी अनि देशको ठूलो शहरका साथै नेविसंघको महाधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि हुने जिल्ला कास्कीबाट अहिलेसम्म कुनै विद्यार्थी नेताको नाम पदाधिकारीमा नहुनु दुःखद् रहेको विद्यार्थी नेता पौडेलले बताएका छन् ।
नेविसंघका नेता पौडेलले बाँकी रहेका पदाधिकारीमा कम्तिमा एकजनालाई कास्की जिल्लाबाट मनोनीत गर्न पार्टीका नेताहरूलाई अनुरोध गरेका छन् ।
आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा देश कै ठूला क्याम्पसमा आफ्नो उपस्थिति र विजय सुनिश्चित गर्न तथा विद्यार्थीको मनोबल उच्च पार्न पनि नेविसंघको सन्तुलनले ठूलो भूमिका निर्वाह गर्ने पौडेलले बताएका छन् ।नेविसंघको एउटा पदाधिकारीमा कास्कीले दाबी गरेपछि नेपाली कांग्रेसका नेताहरू दवावमा परेका छन् ।
कम्युनिस्टहरूको दब्दबा रहेको कास्कीमा नेपाली कांग्रेसले उपनिर्वाचनपछि आफूलाई बलियो बनाउँदै लगेको छ । आगामी दिनमा कम्युनिस्टहरूलाई पराजित गरेर जाने योजनामा रहेको कास्कीले नेविसंघमा पदाधिकारी मागेको छ ।
Related