मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु कार्यान्वयन हुदैन ; अध्यक्ष प्रचण्ड
"कोरोना भाइरसबारे अनावश्यक प्रचार गरेको आरोप "
तपाईको प्रतिक्रिया





नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनलाई मन नपराउनेहरूले कोरोना भाइरसबारे अनावश्यक प्रचार गरेको आरोप लगाएका छन्।
भाइरस संवेदनशील भए पनि शक्ति राष्ट्रले राजनीतिक प्रतिशोधको रूपमा लिएको उनको सङ्केत छ। ‘एक देशले अर्को देशविरुद्ध राजनीतिक प्रचार गरेको, विज्ञानको प्रयोग गरेको प्रश्न पहिलेदेखि नै उठिरहेको हो,’ पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘कोरोना भाइरसको सन्दर्भमा पनि मैले हिजो चीनलाई मन नपराउने, नरूचाउने शक्तिहरूले राजनीति गरेर वातावरणलाई त्रसित बनाएको पनि हुन सक्छ भनेर तर्कमात्रै गरेको थिएँ।
अहिले चीनले वक्तव्य नैै निकालेर कोरोनाबारे पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर वातावरणलाई दूषित बनाएको भन्ने समाचार आएको छ।’
उनले कोरोना भाइरस नेपालमा नभएको भन्दै त्रसित नहुन, तर सतर्क रहन सुझाए।अर्को प्रसङ्गमा अध्यक्ष दाहालले मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययनका लागि बनाएको नेकपाको अध्ययन समितिले दिएको प्रतिवेदन हुबहु कार्यान्वयन नहुने बताए।
एमसीसीबारे सबैलाई बुझाउन जरूरी रहेको र केही अन्यौलता रहेको भन्दै त्यसको निराकरणसहित नेपालको हितविपरीतका विषय भए सच्याउनेगरी सुझाव लिनमात्रै समिति गठन भएको उनले बताए। नेकपा केन्द्रीय समिति बैठकले नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।
‘एमसीसीको ठाडै रेजेक्ट गर्ने वा ठाडै समर्थनभन्दा पनि विषय नै राम्रोसँग बुझ्नुपर्यो। प्रक्रिया त अगाडि बढ्यो। यो ठाउँसम्म आयो। अहिले राजनीतिक र जनस्तरमा पनि धेरै छलफल भयो। यसको राम्रो अध्ययन गरेर सकारात्मक ढङ्गले निष्कर्षमा पुर्याउन समिति बनाएको हो,’ उनले भने, ‘समितिले जे ल्यायो त्यही पास हुन्छ भन्ने होइन।
एमसीसी ठाडै रिजेक्ट गर्नका लागि समिति बनाएको पनि होइन। समितिले यथार्थ रिपोर्ट दिन्छ। त्यसैलाई आधार बनाएर पार्टीले निर्णय गर्छ र अगाडि बढ्छ।’
Related