• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मिलन गुरुङ २ लाख धरौटीमा १३ दिन पछि रिहा

  •    शुभेच्छा न्यूज  /२३ माघ २०७६, बिहीबार २०:४४ ,  प्रकाशीत
  • बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेको १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका छन् । गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो ।

    पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरीका कारण अध्यक्ष गुरुङलाई कास्की प्रहरीले १० माघमा पक्राउ गरेको थियो ।

    त्यसअघि उनले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई कुटेपनि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेको कुटाइ खाएपछि सहानुभूति पाएका थिए । पछि उनै विरुद्ध जाहेरी प¥यो । प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमति लिई गुरुङलाई हिरासतमै राखी घटनाबारे अनुसन्धान गरेको थियो ।

    हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भए पछि होटलले दिएको उजुरीका आधारमा अध्यक्ष मिलन पक्राउ परेका थिए । गुरुङ पक्राउ परे पछि यता एन्फा कास्कीले जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ ।

    अध्यक्ष गुरुङको विषयलाई लिएर एन्फा केन्द्र पनि गम्भिर रहेको र छानविन समिति गठन गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले सार्वजनिक कार्यक्रममा बोलेका समेत थिए । एन्फाको यहि माघ २६ गते बस्ने केन्द्रिय समितीको बैठकले उनी बारे निर्णय लिन सक्ने जनाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.