• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

"बालिकाको शव क्षतविक्षत अवस्थामा भेटियो "
  •    शुभेच्छा न्यूज  /२४ माघ २०७६, शुक्रबार १०:११ ,  प्रकाशीत
  • चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ।

    बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

    दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्न गएका थिए। जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

    प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्। यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजनिक भएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.