शुभेच्छा न्यूज /२५ माघ २०७६, शनिबार १४:०३ , प्रकाशीत
पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल चर्को दबाबमा परेकाे छ । तीन ओभरको अन्तरमा चार विकेट गुमाएपछि नेपाल दबाबमा परेको हो । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल २८औं ओभरमा ९३ रन बनाएर खेलिरहेको छ । अहिलेसम्म नेपालले पाँच विकेट गुमाइसकेकाे छ ।
कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेपछि नेपाल १ विकेट गुमाई ४६ रनको स्कोरमा पुगेको थियो ।
त्यसपछि ज्ञानेन्द्र २१, दीपेन्द्र ऐरी शून्य, पूर्वकप्तान पारस १९ र आरिफ शेख २ रनमा आउट भएपछि नेपाल दबाबमा परेको हो । ओपनर सुवास खकुरेल ३ रनमा यसअघि नै आउट भइसकेका छन् ।

Related