• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग हुँदै

  •    शुभेच्छा न्यूज  /२८ माघ २०७६, मंगलवार ०९:३८ ,  प्रकाशीत
  • पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।

    एक दिवसिय फर्मेटमा आयोजना हुने प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिए ।

    यो प्रतियोगिता नाफामुलक भन्दापनि क्रिकेट विकासका लागि आयोजना गरिएको उनले बताए । प्रतियोगिता आयोजनाका लागि हाल सम्म आँपु्mहरुले कुनै ठूलो प्रायोजक पनि नपाएको उल्लेख गर्दै यो प्रतियोगिताबाट कमाउने वा बचत गर्ने लक्ष्य पनि नरहेको जनाए ।

    १० दिन सम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ्ग जिम्मीले बताए । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शिर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्ने उनले जानकारी दिए ।

    गण्डकी प्रादेसिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्या, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने पनि यस पत्रकार सम्मेलनमा एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।

    पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्गले जुनियर लेवलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्पmबाट आर्थिक एवं भौतिक सहयोग समेत गर्ने गुरुङ्गले बताए ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नितान्त क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई व्यापक गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । नेपालले महाशक्तिशालि राष्ट्रलाई समेत पराजित गर्न सक्ने भनेको खेल क्षेत्रनै हो भन्दै उनले पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रगति गरेको जनाए ।

    सञ्चारकर्मी रिना थापाले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.