• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा बुढीबजारमा ‘घोरल’ भेटियो

"भाले घोरलको उद्धार गरी पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा  "
  •    शुभेच्छा न्यूज  /१ फाल्गुन २०७६, बिहीबार १०:०८ ,  प्रकाशीत
  • पोखरामा जंगली जनावर घोरल भेटिएको छ । हिमाली बाख्राको रूपमा चिनिने जंगली जनावर घोरल बुधबार पोखरा– २९, बुढीबजारमा भेटिएको हो ।

    अन्दाजी २ वर्षको जस्तो देखिने भाले घोरलको उद्धार गरी पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए ।

    घोरल उच्च पहाडी तथा भित्री मधेशमा पाइने भए पनि पहिलो पटक पोखरामा भेटिएको उनले बताए ।‘पोखराको सुन्दरीबजारमा बिहान स्थानीयले देखेपछि लखेट्ने क्रममा विद्यालयको जालीले घेरिएको खेलमैदानमा ट्र्यापमा परेछ,’ उनले भने, ‘घोरल तारबारमा थुनिएपछि स्थानीयले खबर गरे र नियन्त्रणमा लिएर अहिले वन्यजन्तु उद्धार केन्द्रमा राखेका छौँ ।’

    प्रमुख श्रेष्ठका अनुसार बाख्राजस्तै देखिने भाले घोरलको सिङ हुन्छ । पोथी घोरलको भने सिङ हुँदैन । नेपालमा घोरलको संख्या प्रशस्तै रहेको प्रमुख श्रेष्ठले बताए ।

    घोरल समुद्री सतहबाट ३ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइन्छ । घोरल मुख्य गरी धौलागिरी हिमालको आसपासमा पर्ने ढोरपाटन शिकार आरक्ष, म्याग्दी, मुस्ताङलगायतका ठाउँमा पाइन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.