कलासंस्कृतिको जगेर्ना गर्न पोखरामा खस आर्य संग्राहलय बन्ने
"जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने "
तपाईको प्रतिक्रिया





पोखरामा कलासंस्कृतिको जगेर्ना गर्दै आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उदेस्यले संग्राहलय निर्माण गरिने भएको छ।
क्षत्री समाज नेपाल केन्द्रीय कार्यलय छपरिसरमा निर्माण गरिने खस आर्य संग्राहलयको बिहिबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक सहयोग र विभिन्न संघ संस्थाहरुको गरी कुल ७ करोडको लागतमा संग्राहलय निर्माण गरिने छ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री गुरुङ्गले नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने बताए । उनले जातिय संघ सस्थालाई कुनै राजनितिक रंग नदिई संघीयता मजबुत बनाउनु पर्ने बताए । ‘आदीवासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना अनुसार सवै जातीले जिम्मेवारी लिनुपर्द छ’ उनले भने ।
पूर्व मन्त्री एवं प्रदेश सासंद कुमार खड्काले जातिय सद्भावका लागि खस आर्य संग्राहलय महत्वपूर्ण हुने बताए ।प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने र सबैको सहभागीता रहने गरी संग्राहलय निर्माण गर्नु पनेए बताए।
प्रदेश सांसद बिन्दु कुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनु पर्ने अवस्था रहेको बताए ।क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले संग्राहलय र बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए ।
निर्माण समितिका अध्यक्ष प्रेम बहादुर जिसीले संग्राहलय निर्माणमा प्रदेश सरकारे र अन्य निकायबाट आर्थिक सहयोग सङ्कलन गरेर १ वर्ष भित्र पूर्ण रुपमा संग्रलय संचालनमा ल्याउने योजना रहेको बताए ।
Related