पोखरामा नाट्टा गण्डकी प्रदेश नेतृत्वका लागि झबी अधिकारी समूहले उमेद्धवारहरुको नामावली सार्वजनिक गरेको छ ।
झवी अधिकारीको नेतृत्वमा रहेको टिममा सुवास भण्डारी प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्षमा नेत्रपाणी भण्डारी (बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी रहेका छन ।
यस्तै कार्यसमिति सदस्यहरुमा शोभाकर तिवारी, सुशिला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर रहेका छन । १५ सदस्यीय नाट्टा केन्द्रिय सदस्यमा २ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । २ बर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचन आगामी फेब्रअरी १५ मा हुने भएको छ ।
प्रथम उपाध्यक्षका उमेद्धवार सुवास भण्डारीले १४ पूर्व नाट्टा अध्यक्षमध्ये ८ जनाले आफूहरुको कार्यसमितिलाई समर्थन गरेको भन्दै आफूहरुको जित पक्का भएको बताए । उनले व्यावसायीहरुको साथ सहयोग पनि बलियो रहेको भण्डारीले दाबी गरेका छन् ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफूहरुको समूह लागि पर्ने आएको र अझै बढी मेहनत गर्ने बताएका छन् । यसैगरी भण्डारीले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणबारे भैरहेको प्रगति, पर्यटक बसपार्क समयमै सम्पन्न गर्न रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।
साथै निर्माण सम्पन्न भएपश्चात नाट्टाकै नेतृत्वमा बसपार्क सञ्चालन गर्ने गरी आफूहरु अगाडि बढेको बताए ।
यस्तै साना तथा टूरिष्ट भेईकलले उठाउँदै आएको शुल्कका सम्बन्धमा आवश्यक मापदण्ड निर्माण गर्ने, अन्य पर्यटकीय संघसंस्थासँग मिलेर नाट्टा प्रोमोसनल टूरलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रसम्म बिस्तार गर्ने आफूहरुको प्रमुख एजेण्डा रहेको भण्डारीले बताए ।

Related