कास्कीको मादी गाउँपालिकामा ४० हजार घुस सहित इन्जीनियर फेला परेपछी (भिडियो सहित)
"इन्जीनियर रौनियारले भने आफुलाई सेवाग्राहीले नै अफर गरेको दाबी "
तपाईको प्रतिक्रिया





मादी गाउँपालिकामा कार्यक्षेत्र भएका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जीनियर नवलेस रौनियारले ४० हजार ५ सय रुपैया सेवाग्राही संग कमिसन लिएको खुल्न आएको छ ।
सरकारले भुकम्प पिडितका लागी उपलब्ध गराउने रकम भुक्तानी भएपछी उनले मादी गाउपालिका वडा नं ९ का लाला गुरुङ संग आफुलाई हेरीदिनु पर्ने भन्दै रकम माग गरेको लालाका छोरा सुजन गुरुङले बताए । इन्जीनियर रौनियारले भने आफुलाई सेवाग्राहीले नै अफर गरेको दाबी गरेका छन ।
यद्यपी आफुले गल्ती गरेको उनले स्वीकार गरे । आफुले गलत सिफारिस गरेको स्वीकार्दै जनप्रतिनिधी समेत यसमा जिम्मेवार रहेको रौनियारको जिकिर छ ।
पुर्ननिर्माण प्राधिकरणको पोखरा कार्यालयका प्रमुख उमेश चौधरीले इन्जीनियर रौनियारलाई निलम्बन गरेर कारवाहीको प्रकृया अगाडी बढाइने बताए । सेवाग्राहीले सुचना दिएपछी यस बिषयमा गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले रिपोटीङ गरेको थियो । रिपोटीङकै क्रममा रौनियारले लिएको रकम फिर्ता गरेका थिए ।
बिस्तृत बिबरण सहितको गण्डकी छड्केको श्रृखला तलको भिडियोमा हेर्नुहोस ः
अपिल त्रिपाठी
Related