• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शैक्षिक अराजकता हटाउने अभियानमा अभिभावक महासंघ

  •     कृष्ण अन्जान ज्ञवाली  /४ फाल्गुन २०७६, आईतवार १८:२४ ,  प्रकाशीत
  • शैक्षिक क्षेत्रको समुचित विकास र शैक्षिक गुणस्तर सुधारका लागि नेपाल अभिभावक महासंघ गुल्मीले जिल्लै भरि विशेष अभियान शुरु गर्नै वताएको छ ।

    शिक्षा क्षेत्रका विध्यमान विकृति,विसंगतति,अराजकता,चर्को व्यपारिकरण र राजनितीकरणको अन्त्य नहुंदा सम्म शैक्षिक क्षेत्रको विकास सम्भव नभएको अभिभावक महासंघ गुल्मीको ठहर छ ।

    मुख्यतया राज्यले लगानी गरे अनुरुप शैक्षिक क्षेत्रले उल्लेख्य उपलव्धी हासिल गर्न नसकेको र व्यवहारिक शिक्षाको साटो परम्परागत शैक्षिक प्रणालीले पारेको प्रभावलाइ न्युनिकरण गर्दै गुणस्तरिय ,व्यवहारीक तथा राष्ट्रको उन्नतीमा र प्रगतिमा भरपर्दो पुर्वाधार खेल्नै शैक्षिक वातावरण निर्माण गर्ने तयारी नेपाल अभिभावक महासंघ गुल्मीका अध्यक्ष कृष्ण राज ज्ञवालीले वताए ।

    यो कार्यका लागि सरोकारवाला,सरकार ,नागरिक समाज,विध्यालय प्रशासन,शिक्षक,अभिभावक र विध्यार्थि विच आवस्यक समन्वय गरि महासंघले आफ्ना कार्यक्रमहरुलाइ अगाडी वढाउने छ ।

    शैक्षिक क्षेत्र भित्रको अराजकता चर्कौ शैक्षिक व्यापारीकरण तथा शिक्षामा व्यापक राजनितीकरणको प्रभावमा शैक्षिक वातावरण अगाडी वढ्न नसक्ने र आफ्ना वालवालिकाको भविष्य प्रति अभिभावकको जागररुता आवस्यक रहेकोले नेपाल अभिभावक महासंघले आफ्ना गतिविधीलाइ विध्यालयमा केन्द्रित गर्ने तयारी गरेको हो ।

    महासंघले अभिभावकको हैसियतले वालवालिका हरुका शैक्षिक,वौद्धिक, सास्कृतिक सामाजिक लगाएत सर्वागिंण विकासका लागि उपयुक्त वातावरण तयार पार्ने,विध्यार्थि ,शिक्षक संघ संगठन एवं शिक्षा क्षेत्रका समस्या समाधान गर्न नेपाल सरकार र सम्वन्धीत संघ संगठन विच मध्यस्थता गर्ने योजना छ।

    विध्यालयको व्यवस्थापन ,शुल्क निर्धारण ,एवै पठनपाठनमा एकरुपता कायम गर्न सम्वन्धित निकाय संग समन्वय गर्ने ,अभिभावक विच साक्षरता अभियान सञ्चालन गर्ने ,संगै शैक्षिक संस्थामा देखिएका सवैखाले शैक्षिक समस्या समाधान गर्ने गरि नेपाल अभिभावक संघ गुल्मीलेृे आफ्ना अभियान थालेको अध्यक्ष ज्ञवालीले वताए ।

    महासंघले पहिलो चरणमा जिल्ला भेला सम्पन्न गरि नेपाल अभिभावक महासंघको जिल्ला समिती निर्माण गरेको छ भने जिल्लाको सवै स्थानिय निकाएमा ,तथा वडा हरुमा भेलााको आयोजना गरि समिती हरु वनाइने छ ।संगसंगे नेपाल अभिभावक महासंघले सवै स्थानिय तह संग समन्वय गरि अन्र्तकृया तथा शैक्षिक सुधारका लागि सुझाव संकलन गर्ने छ ।

    यतिवेला गुल्मीका ग्रामीण भेगका विध्यालय हरु विध्यार्थि संख्याको अभाव संग जुधिरहेका छन ।गाउंवाट स्थानिय वासिन्दाको शहर पलाएन ले सामुदायिक विध्यालयमा विध्यार्थि अत्यन्तै कम छन ।यहां सम्मकी कुनै विध्यालयमा विध्यार्थि भन्दा शिक्षकको संख्या धेरै भएको कतै चार पांच जना विध्यार्थी मात्र भएको अवस्था छ ।

    विध्यार्थिको संख्या कम भएका विध्यालयहरु लाइ मर्जको निती नगर तथा गाउंपालिका हरुले ल्याएका छन तर कार्यान्वयन भने खासै भएको छैन ।अर्को तर्फ गुणस्तरिय शिक्षाको आवस्यकता पनि विध्यालय हरुमा देृखिएको छ ।

    पुरानो शिक्षामा पढेका गुरुहरुले नया पाठ्यक्रम पढाउन नसकेको तर बुढो गोरु न गोठ छाड्ने न जोत्ने अवस्था हरेक विध्यालयमा देखिएको समस्या हो ।

    यस्तो अवस्थामा अभिभावक महासंघको सक्रियता लाइ सकारात्मक मान्न सकिएपनि जव सम्म गाउंवाट शहर पलाएन तथ पलाएन भएकालाइ गाउं फर्काउने वातावरण बन्दैन सवै प्रयास निरर्थक हुन सक्छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.