• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

इतिहास बोकेको संस्कृत विद्यालय ; अस्तित्व रक्षाको लडाइमा

"भौतिक सम्पन्नता हुंदा हुंदै बिद्यार्थीको आभावमा जुझ्दै  "
  •     कृष्ण अन्जान ज्ञवाली  /४ फाल्गुन २०७६, आईतवार १८:४६ ,  प्रकाशीत
  • विद्यालय स्थापनाको एक सय आठौं वार्षिकोत्सव मनाइ रहंदा गुल्मी जिल्लाको जेठो शैक्षिक संस्थाको रुपमा रहेको संस्कृत माध्यमिक विद्यालय रिडीलाइ आफ्नो अस्तित्व रहने हो की होइन भन्ने चिन्ताले पिरोलेको छ ।

    भारतिय सहयोगमा वनेको सुविधा सम्पन्न भवन ,डेढ दर्जन भन्दा कक्षाकोठा हरु तर विद्यार्थी आउने श्रोत भने सुक्दै ।करिव एकसय आठ वर्ष अघि स्थापना भएको संस्कृत माध्यमिक विध्यालय यतिवेला भौतिक सम्पन्नता हुंदा हुंदै बिद्यार्थीको आभावमा जुझ्दै छ ।

    त्यसोत यस क्षेत्रका अन्य विध्यालयको दांजोमा विध्यार्थी नभएको त होइन तर संस्कृत शिक्षा पढ्न खोज्ने विद्यार्थी नहुंदा आफ्नो अस्तित्व कसरी वचाउने चिन्ता विद्यालयलाइ छ ।

    राणाकालिन अवस्थामा देव शमशेरको पहलमा स्थापना भएको यस विध्यालयले गुल्मीको शैक्षिक इतिहासमा महत्व पुर्ण भुमिका खेलेको छ।

    संस्कृतको गुरुकुल पद्धतीमा स्थापना भएको यस विद्यालयलाइ स्थापनाको बेला १९६९मा संस्कृत पाठशाला भनिन्थ्यो ।त्यतिवेला यस विद्यालयमा वेदका रिचाहरु ,चण्डी रुद्री लघु कौमुदि लगाएतका संस्कृत भाषाहरुको अध्ययन हुन्थ्यो ।गुरुकुल परम्पारावाट शुरुवात भएको यस विध्यालय गुल्मीकै सवैभन्दा पुरानो विध्यालय हो ।

    समय सापेक्ष शिक्षा प्रणाली अवलम्वन गर्दै यस विध्यालयले केहि संस्कृत पाठ्यक्रम राखेर २०२८ सालदेखि अंग्रेजी गणित विज्ञानका विषयहरु लाइ समावेश गरेर लामो समय विध्यार्थिहरु लाइ शिक्षा प्रदान गरिरहयो ।

    संस्कृत पाठ्यक्रम समावेश गरिरहंदा विध्यार्थि संख्या घटेपछि यो विध्यालयले संस्कृत नपढेपनि हुने गरि साधारण मावि सरहको स्वीकृति पछि केहि विध्यार्थि वढाउन सफल भएको विध्यालय का प्राचार्य भोजराज गौतमले वताए ।

    यतिवेला यो विध्यालय संस्कृत माध्यमिक विध्यालयको साइनवोर्ड झुण्डाएर साधारण संस्कृत विनाको अध्यापन गराइ रहेको छ ।यो विध्यालयको दोष होइन ।सरकारले संस्कृतको उपल्लो तहका विध्यार्थि हरुका लागि भत्ता लगाएत व्यवस्था गरेको छ तर आधारभुत तथा माध्यमिक तहमा अध्ययन गर्न खोज्ने विध्यार्थिका लागि कुनै व्यवस्था नगरेको प्राचार्य गौतमको भनाइ छ ।

    पछिल्लो पटक विध्यालय मर्जको दवाव यो विध्यालयले खेपि रहेको छ ।संस्कृत शिक्षाको विकास र उन्नयनमा राज्यको उदाशिनता भित्र मर्ज गर्ने दवाव यो विध्यालयका लागि आफ्नो अस्तीत्वनै समाप्त हुने चिन्ता रहेको देखिएको छ ।विध्यालयको मर्जको हल्ला चलिरहंदा स्थानिय वासिहरुले पनि मौनता सांधेको देखिएको छ ।

    मर्ज हुनुहुंदैन र संस्कृत माध्यमिक विध्यालयको अस्तीत्व रहनु पर्छ भनृेर आवाज उठाउने काम त स्थानिय वासिन्दाको हो तर कसैको चासो देखिएन विध्यालयका पुर्व कर्मचारी लोकनाथ ज्ञवालीले वताए ।

    अवस्य पनि संस्कृत शिक्षाको मुलनै यतिवेला सुकेको छ ।आधारभुत तहको पाठ्रक्रममै संस्कृत शिक्षा नभइ सकेपछि माध्यमिक तहमा संस्कृत पढ्ने विध्यार्थि हुने कुरै भएन ,। संस्कार र भाषाको जननि संस्कृतको उत्थान हुनु पर्छ भन्नेहरुको कमि भने छैन तर पहल भने कसैले नगरेको गुनासो यस विध्यालयका पुर्व शिक्षक ज्ञानेश्वर ज्ञवालीको भनाइ छ ।

    यसलाइ विडम्वना भन्नु पर्छ नेपालमा धर्म संस्कृति सभ्यता परम्परा रिती रिवाजलाइ जिवन्त राख्ने संस्कृत भाषा लगभग लोपोन्मुख अवस्थामा पुग्दै गर्दा राज्यको संस्कृत शिक्षा प्रतिको उदाशिनताले संस्कृत माध्यमिक विध्यालयहरु संस्कृत माविकोे साइनवोर्ड झुण्डाएर साधारण माध्यमिक विध्यालयको पाठ्यक्रम पढाएर विध्यालय धान्न वाध्य छन ।

    जयतु संस्कृतमको नारा घन्काएर राणा शासन विरुद्धमा आफुलाइ उभ्याउने राजनैतिक हस्ती समेत यो विध्यालयले उत्पादन गरेको इतिहास छ ।

    कति छ विध्यालयको गुठीको जग्गा र कहां छ ?
    स्थापना कालमा संस्कृत पाठशालाको पाकशाला र पाठशालाका लागि भवन समेत रहेको इतिहास छ ।त्यतिवेला विद्यार्थी शिक्षक भक्त भक्तेनी कर्मचारीलाइ खानाको व्यवस्था समेत रहेको जानकार तारानाथ ज्ञवाली सम्झन्छन ।

    नवलपरासी जिल्लाको सूर्यपुरा ,वेदौली,प्रसौनीमा रहेको सातसय सत्तरी विगाहा जग्गाको आयस्ताले छात्रवृति ,भोजनवृति,र तलव भत्ता समेत सम्पुर्ण खर्च पाल्पा माल अड्डाबाट चलेको इतिहास छ ।

    रिडी सदावर्त गुठीको नामवाट स्थापित उक्त जग्गा सस्कृत माध्यमिक विध्यालयको स्वामित्वको हो भनिए पनि २०१८ सालमा बाढिले विद्यालय वगाउंदा सवै कागजात वगे पछि कागजात पुर्याउन नसक्दा विध्यालयलाइ आफ्नो स्वामित्व स्थापित गराउन गाह्रो भएको र गुठी संस्थानमा वारम्वार जांदा के प्रमाण छ भनेर फर्काइएको स्मरण गर्छन विद्यालयका पुर्व कर्मचारी लोकनाथ ज्ञवाली ।

    यध्यपि गुठीको आधिकारीक संस्था संस्कृत माध्यमिक विध्यालय हो भनेर साविक रुरु गाउं विकास समिती,जिल्ला प्रशासन कार्यालय ,साविक जिल्ला विकास समिती गुल्मी,जिल्ला शिक्षा कार्यालय गुल्मी र महेन्द्र संस्कृत विश्वविध्यालयले सिफारीस गरेका प्रमाणहरु विद्यालयसंग हुंदा र उक्त प्रमाण को अध्ययन नगरी गुठी सस्थानले देखाएको रवैया प्रति विध्यालयको गुनासो छ ।

    अहिले उक्त जग्गा कस्को मातहत र कस्ले जोतभोग गरिरहेको छ विद्यालयलाइ जानकारी छैन कसले जग्गाकोे भोग चलन गरको छ खोजी गर्ने काम पनि भएको छैन । गुठीको जग्गा आफ्नो मातहतमा ल्याउने प्रयास गरे पनि विद्यालयले प्रकृया र कागजातका कारण सकेको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.