रुपन्देहीको मर्चवारमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको रुपन्देही प्रहरीले बताएको छ।
सम्मरीमाई गाउँपालिका ३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगेर तीन जना युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।
पिडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर दिएपछि घटना बाहिर आएको हो।
किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। बलात्कारमा संग्लन तीन युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार ईलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरिक्षक चित्र बहादुर घलेले दिए।

Related