भानुभक्त माविको बर्षिक उत्षव र अभिभावक दिवस सम्पन्न
"अवसरलाई राम्रोसँग सदुपयोग गर्न सवैलाई आग्रह "
तपाईको प्रतिक्रिया





भानुभक्त आवासिय माध्यमिक विद्यालयले (स्कुलअफ ल)ले ३४ औँवार्षिक उत्षवसंगै अभिभावक दिवस मनाएको छ।
पोखरा सिमपानीमा रहेको बिद्यालयले बर्षिक उत्षवका अबसरमा बिद्यालयले विभिन्न व्यक्तित्वलाई अभिनन्दन समेत गरेको छ ।
अभिनन्दीत हुनेहरुमा वरिष्ट कार्टुनिष्ट दुर्गा बराल (बात्सायन), नाट्यकर्मी प्रकाश घिमिरे, नृत्य प्रशिक्षक मेनकाजी गुरुङ, संगीतकार सामसुङ गुरुङ, तेक्वान्दो खेलाडी हरिशचन्द्र पोख्रेल र हस्तकला व्यवसायी (हेन्डीक्राफ्ट) सीता गुरुङ रहेका छन् ।
उनीहरुलाई प्रमुखअतिथि संघिय संसदियदल नेपकाका सचेतक माननीय श्री शान्ता चौधरीले सम्मान पत्र प्रदान गरी सम्मान गरेकी थिइन।
त्यस अवसरमा बोल्दै सांसद चौधरीले पढ्न विद्यायलमा पढ्न पाउनु शुखद् अबसर भएको बताउदै यस अवसरलाई राम्रोसँग सदुपयोग गर्न सवैलाई आग्रह गरिन् । ‘पढ्न पाउने बालबालिकाको अधिकार हो ।तर अझै कतिबालबालिकाहरु विभिन्न कारणले पढ्न पाएका छैनन्’ उनले भनीन् । ‘अबसरबाट बन्चित बालबालिका तर्फ पनिहाम्रो ध्यानजानु जरुरी छ ।’
पढ्न नपाउँदा आफूले भोगेको दुःख स्मरण गर्दै उनले पढ्नु पाउनु जस्तो ठूलो कुरा अरु केहीनभएको बताइन् ।‘पत्रपत्रिकामा भाँडा माझ्दामाझ्दै सांसद, ल्याप्चे सांसद भनेर समाचार आउँदा आपूm प्रति संकेत गरेर लेखेजस्तो लाग्थ्यो’ उनले भनीन् ।‘संसदमापनि अनपढ भएकै कारण अपहेलितभएको अनुभव गरेँ ।’
उनले पढ्ने संकल्पसहित रातदिन कस्सिएर पढेका कारण यसै वर्ष छोरीसँगै एसईई पास गरेको बताइन् । ‘अहिले कानुन विषय लिएर पढ्दै छु’ उनले भनीन् ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शाखा अधिकृत वसन्त राज पौडेलले महानगरको शैक्षिक विकासमा संघीय सरकारले पनि सघाउनु पर्ने बताए । उनले अपाङ्गता भएकालाई राज्यले दिने सहयोग पर्याप्त नभएको बताए।
ग्लोबल कलेजियट स्कुलका प्राचार्य बाबुरामपन्तले नेपालमा नै उच्चशिक्षा राम्रो रहेको भन्दै विदेशीने विद्यार्थीको संख्या घटाउनु पर्ने बताए।
पोखरा महानगरपालिका १ की वडाध्यक्ष शारदा पराजुलीले निजि तथा सामुदायिक विद्यालयहरुका बिचको खाडल पुर्नका लागि कानुन निर्माण भैरहेको बताइन ।
विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुतगर्दै प्राचार्य दिनेश कुमार लामिछानेले कक्षा ११ मा यसै वर्षदेखि कानुन विषय सञ्चालन गरिएको बताए ।उनले विद्यालयले विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय रहेको बताउदै आगामी वर्षहरुमा पनी सामाजिक क्षेत्रका कार्यहरुलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा भानुभक्त विद्यापदक सुमित रानाभाट र विशेष बास्तोलालाई प्रदानगरिएको थियो । त्यस्तै विद्यालयमा १० वर्ष सेवा गरेका शिक्षक दिपक तामाङ, विद्यालयका उत्कृष्ट शिक्षक सफल गुरुङ र सहयोगी संस्था सहारा आमा समूहलाई सम्मानगरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका हस्तकला, चित्रकला, शैक्षिक सामग्रीहरु प्रर्दशनगरिएको थियो ।
Related