• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेस सभाका सदस्यका स्वकीयहरुलाई प्रशिक्षण

  •    शुभेच्छा न्यूज  /६ फाल्गुन २०७६, मंगलवार १९:२९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारी लाई लक्षित गरी गण्डकी प्रदेश सभा सचिवालयको आयोजनामा एकदिने प्रशिक्षण प्रदान गरेको छ ।

    प्रदेश सभा सदस्यहरुलाई सफल बनाउनको लागी स्वकीय सचिवहरुको भुमिका उल्लेख्नीय हुने भएकाले स्वकीय सचिवहरु मध्ये कतिपयलाई आफ्नो काम, कर्तब्य र जिम्मेवारीको बारेमा जानकारी हुन नसक्ने भएकाले त्यसलाई मध्येनजर गरी स्वकीय सचिवहरुलाई एक अर्काविच परिचयात्मक कार्यक्रम संगै प्रशिक्षण प्रदान गरिएको हो ।

    प्रदेश सभाका माननीयहरुलाई सफल बनाउनका लागी स्वकीय सचिवको विशेष महत्व हुने र कहिले कांही भुलवस हुने सानो तिनो घटनाहरुले माननीयहरुलाई आलोचित हुने अवस्थामा पुर्याउने भएकाले सानो भन्दा सानो कमजोरीहरुलाई समेत औल्याएर माननीयहरुलाई सफल बनाउन र प्रदेश सभा सचिवालयलाई समेत त्यसले मजबुद बनाउन सक्ने गण्डकी प्रदेश प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले वताए ।

    प्रशिक्षणमा सिकेका कुरालाई ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिदै न्यौपानेले प्रदेश सभाका माननीयहरु सफल भएको खण्डमा प्रदेश सभा समेत सफल हुने भएकाले सवैले मिलेर सांसदहरुलाई सफल बनाउन तर्फ लाग्नुपर्ने उनको जोड रहेको थियो ।

    प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका अधिकृत गोपाल शर्माले निजी सचिवालय ब्यवस्थापनमा स्वकीय सचिवहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सके सम्म कार्यालय स्थापना गरी माननीयहरुको कामको बारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    त्यसैगी प्रदेश सभा सचिवालयका आर्थिक प्रशासन प्रमुख महेन्द्र कुमार राइले आर्थिक प्रशासनका सिद्धान्त र ब्यवहारको वारेमा जानकारी दिदै कतिपय माननीयहरुलाई आफुहरुले पाउने सेवा सुविधाको बारेमा जानकारी नहुदा अघिल्लो वर्ष केही अफ्ठेरो परेको वताउदै आफ्ना माननीयहरुलाई आफ्नो तलव, सेवा सुविधाको बारेमा जानकारी दिन समेत स्वकीय सचिवहरुलाई आग्रह गरे ।

    प्रदेश सभा सचिवालयका अधिकृत जितेन्द्र देव केसीले समेत स्वकीय सचिवहरुको भुमिका उल्लेख्नीय हुने भएकाले समय समयमा सचिवालयको सम्पर्कमा रहन स्वकीय सचिवहरुलाई आग्रह गरेका थिए ।

    स्वकीय सचिवको तर्फबाट वोल्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकराज आचार्यले स्वकीय सचिवहरुले आफ्नो माननीयका कामलाई सहयोग पुग्ने गरी सहयोग गर्नका लागी सके सम्म अफिस खडा गरी दैनिक कामहरुलाई सहज तरिकाले अगाडी वढाउनुपर्नेमा जोड दिए ।

    सो अवसरमा स्वकीय सचिवहरु घनश्याम पाण्डे, अस्मिता खनाल, सरलादेवी श्रेष्ठ, राजेन्द्र प्रसाद उपाध्याय, महेन्द्र थापा, वावुराम पाण्डे, गोविन्दराज लामिछाने लगायतले आ आफ्नो धारणा राखेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.