पोखरा महागनरपालिका वडा नम्वर २२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो ।
केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलापले पैशा, समयको बचतसंगै समाजमा एकता कायम गर्ने बताइन् ।
उनले समाजलाई विवाद रहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके विवाद सृजना भए मेलमिलाप मार्फत मिल्दा उत्तम हुने बताइन् । अदालती प्रक्रियामा जादाँ सधै प्रतिशोधको भावना रहि रहने भएको बताउदै उनले, समाजमा शान्ति र सद्भाव कायम गराउन मेलमिलाप केन्द्रको अवधारणा ल्याएको बताइन् ।
समाजमा शान्ति, विकास र समृद्ध बनाउन आपसी सहमती र एकता आवश्यक हुने बताइन् । वडा नम्वर २२ का अध्यक्ष मित्रलाल बरालले वडा तहका विवाद समाधान गर्न सहज हुने बताए ।
न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भुमिका, आचारण र योग्यताका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा नेकपा वडा नम्वर २२ का अध्यक्ष चण्डीका बराल, मेलमिलापकर्ता कमलप्रसाद बराल लगायतले मेलमिलापकर्ताले विवादका दुवै पक्षलाई जितजितको अवस्था सहित समाधान गर्नुपर्नेमा जोड दिए ।
वडा अध्यक्ष मित्रलाल बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।

Related